बालबालिकाको छुटेका खोप वैशाखभर लगाइदै



Download our app to get more features

काठमाडौं, १६ वैशाख । के तपाईंले आफ्ना बालबालिकालाई अघिल्लो वर्ष कुनै खोप लगाउन छुटाउनु भएको छ ? छ भने पनि चिन्ता नलिनुहोस् । यस्तै छुटपुट खोप परिपुर्ति गर्न जिल्ला जनस्वास्थ्य कार्यालयहरूले वैशाख महिनाभर खोप अभियान चलाइरहेका छन् । 

खोप लगाउन छुटेका बालबालिकालाई पनि पूर्ण खोप दिने उदेश्यले वैशाख महिनाभर खोप दिदै आएको जिल्ला जनस्वास्थ्य कार्यालय काठमाण्डौंका खोप अधिकृत जगन्ननाथ दंगालले बताए ।

यसका लागि कार्यालयले चैत महिनाभर तथ्यांक संकलन गरेर र वैशाख महिनाभर सम्बन्धित गाउँपालिका, वडास्तरीय, नगरपालिका, जनस्वास्थ्य कार्यालयमार्फत खोप दिइरहेको खोप शाखा अधिकृत दंगालले बताए । 
सरकारले १४ चैत ०७० मा पाल्पा र नवलपरासी जिल्लालाई पहिलो पटक एकै दिन पुर्ण खोप सुनिश्चित केन्द्र घोषणा गरेको थियो । अन्तिम पटक पुर्ण खोप घोषणा गरिएको जिल्ला सोलुखुम्बु हो । यो जिल्लालाई ४२औं पूर्ण खोप जिल्ला हो ।

सरकारले बालबालिकालाई ११ ओटा खोप दिने गरेको छ ।

आगामी वर्ष सरकारले बालबालिकाको लागि थप २ ओटा खोप थप्दैछ । जसमा रोटा भाइरस अफ आईपीभी र अर्को खोप पोलियोको लागि हुने जनाइएको छ ।  

Last modified on 2018-07-30 11:45:44


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts