हानीकार पनि हुन्छ नरिवलको तेल



Download our app to get more features

छाला र कपाललाई सुन्दर र मुलायम बनाउन नरिवल तेल राम्रो मानिन्छ । सोही कारण कयौं सौन्दर्य प्रसाधनमा नरिवलको तेल प्रयोग पनि हुन्छ । तर, नरिवलको तेलले शरीरलाई फाइदा मात्रै गर्दैन । यसले नोक्सान पनि गर्छ । जानौं नरिवलको तेल शरीरमा पुर्याउने नोक्सानहरू:

१) नरिवलको तेललाई छालाले राम्रोसँग सोस्छ र यसकारण छालाको भित्रीभागसम्म सजिलै पुग्छ । जसले छालालाई भित्रैबाट पोषण प्रदान गर्छ । तर, नरिवलको तेलले सुख्खा छालामा भने काम गर्दैन । यसकारण सुख्खा छाला हुने व्यक्तिले नरिवलको तेल प्रयोग नगर्दा नै राम्रो हुन्छ । 
२) आयुर्वेद उपचार पद्धति अनुसार नरिवलको तेल तातो हुन्छ । त्यसैले डन्डिफोर भएकाहरूले नरिवलको तेल प्रयोग गर्नुहुँदैन । यसले झन् बढी समस्या पार्छ । 
३) अनुहारमा नरिवलको तेल अत्यधिक प्रयोग गरे टाउकोमा जस्तै अनुहारमा बाक्लो रौं आउन सक्छ । 
४) नरिवलको तेल कठोर हुन्छ । त्यसैले छालामा लगाउनाले कहिले काही छालामा समस्या देखिन सक्छ । जस्तै :छाला रातो हुनु, सुख्खा हुनु, फुट्ने आदि ।

(एजेन्सीको सहयोगमा)

Last modified on 2018-04-30 13:22:15


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts