नोबेलले गर्यो ४७ हजार बिरामीको निःशुल्क उपचार



Download our app to get more features

काठमाडौं,१८ वैशाख । विराटनगरमा रहेको नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले बितेको एक वर्षमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालनद्वारा ४७ हजार बिरामीको निःशुल्क उपचार गरेको छ । 

अस्पतालका अनुसार ०७४ बैशाखदेखि चैतसम्मको अवधिमा सञ्चालित शिविरबाट ४७ हजार ५ सय ८३ बिरामीको निःशुल्क उपचार पाएका छन् । अस्पतालबाट ०७४ सालमा ५५ हजार ९ सय ५९ बिरामीलाई २० करोड ८४ लाख ७१ हजार ९ सय ९० मुल्य बरावरको निःशुल्क उपचार गरिएको छ । योसँगै नोबेलबाट ०७४ सालमा निःशुल्क उपचार पाउँने बिरामीको संख्या १ लाख ३ हजार ५ सय ४२ पुगेको अस्पतालले जनाएको छ ।

नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्माका अनुसार उक्त अवधिमा पूर्वका ८ जिल्लामा ६३ शिविर सञ्चालन गरेर २९ हजार ८ सय ७८ महिला र १७ हजार ७ सय ५ पुरुषको निःशुल्क उपचार गरिएको हो ।जसमध्ये मोरङमा सबैभन्दा बढी २७ स्थानमा ३९ पटक शिविर सञ्चालन गरिएको नोबेल अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले बताए ।  उनका अनुसार शिविरबाट बालबालिकादेखि बृद्धबृद्धासम्मले निःशुल्क उपचार पाएका छन् ।

निःशुल्क शिविरमा मेडिसिन, स्त्रीरोग, बालरोग, नाक कान घाँटी, आँखा रोग, दन्त रोग, हाडजोर्नी तथा नसा रोग, छाला रोग, मानसिक रोग लगायतको उपचार गर्ने गरिएको छ । शिविरमा ल्याव टेष्ट, ईसीजी र भिडियो एक्सरे सेवा पनि निःशुल्क उपलब्ध गराईएको छ । स्थानीय संघसस्थासँग समन्वय गरेर सञ्चालन गरिदै आएको शिविरमा नोबेलका बिशेषज्ञ डाक्टरहरुले बिरामीको उपचार गर्ने गरेका छन् । विपन्न बिरामीहरुलाई लक्षित गरी शिविर सञ्चालन गरिदै आएको अस्पतालका बजार अधिकृत सञ्जय मण्डलले बताए । 
 

Last modified on 2018-05-01 16:13:48


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts