मानसिक रोग विशेषज्ञ प्रा.डा. शाक्य पुरस्कृत 



Download our app to get more features

काठामाडौं,१८ वैशाख । प्रा.डा. धनरत्न शाक्य कर्मयोग पुरस्कारबाट सम्मानित भएका छन् ।

डिभाइन ट्रेनिङ सेन्टरले गुरुदेव डा. नारायणदत्त श्रीमालीको जन्मजयन्तीको अवसर पारेर हिजो उनलाई सम्मान गरेको हो ।मानसिक स्वास्थ्य क्षेत्रप्रतिकोसमर्पण र योगदानको सम्मान स्वरुप डा. शाक्यलाई पुरस्कृत गरिएको सेन्टरले जनाएको छ । 

यसैगरी यस वर्ष प्रदेश नं १ का सभासद सर्वध्वज साँवा डिभाइन एवार्ड तथा प्रा.डा. डि.बी. बस्नेत र नेपालका प्रथम महिला क्रिकेट प्रशिक्षक श्रीमती नीरा राजोपाध्याय पनि कर्मयोग पुरस्कारबाट सम्मानित भएका छन् ।  पुरस्कृत ग्रहण पछि बोल्दै मानसिक रोग विशेषज्ञ प्रा.डा. शाक्यले मन, मानसिक स्वास्थ्य र हाम्रो भविष्यका तगारा, चुनौती र व्यवधानहरुलाई सामना गर्नमा सबै एक साथ भएको सांकेतिक सन्देस यस पुरस्कारबाट मिलेको धारणा राखे ।

Last modified on 2018-05-01 16:14:27


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts