यस्ता छन् महिनावारी गडबडीका कारण



Download our app to get more features

काठमाडौं, १८ बैशाख । उदयपुरकी २१ वर्षीया मनिषा कार्कीको महिनावारी जहिले पनि २ महिनाको फरकमा हुन्छ ।

महिनावारी समयमा नभएपछि उनले ठाउँमा स्वास्थ्य परीक्षण  पनि गराईन । उनि एउटा उदाहरणकी पात्र मात्रै हुन पछिल्लो केही वर्ष यता उनको जस्तो समस्या धेरै किशोरीलाई भएको छ । 

इटहरीकी २३ वर्षीया मुना लम्सालको पहिलो महिनावारी भएपछि पुनः महिनावारी हुन डेढ देखि दुई महिनाको समय कुर्नु पर्ने हुन्छ । धेरै महिलाहरु यो समस्याले चिन्तित भएका छन् । तर, चिकित्सकहरु भने महिनावारी गडबडीबाट आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताउँछन् । स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. भोला रिजाल यसबाट आत्तिहाल्नुपर्ने स्थिति नभएको बताउँछन् । हार्मोनको असन्तुलनका कारण महनिवारीमा गडबडी भएको उनी बताउँछन् । 

नुवाकोटकी मन्जु अधिकारी उमेरले ३० वर्षकी भईन । २२ वर्षको उमेर सम्म नियमित रुपमा हुँदै आएको महिनावारी विगत ८ वर्ष देखि गडबडी भएको छ । अधिकारीका अनुसार हरेक महिना महिनावारी हुने समय भन्दा २० दिन पर जान्छ । महिनावारी गडबडी भएकाले उनी यतिबेला चिन्तित छन् । 

चिकित्सकका अनुसार इन्डोक्राइन ग्ल्यान्डले उत्सर्जन गर्ने हार्मोनको सन्तुलन बिग्रिएका कारण महिनावारी गडबडी भएको हो । पछिल्लो समय देखिएको अस्वस्थ्यकर खानपान तथा बसाइ सराइका कारण पनि महिनावारी गडबड भएको हो, डा. रिजालले भने । 

यस कारण महिनावारीमा गडबडी 
महिलामा चरम समस्याका रुपमा देखिएको महिनावारी गडबडलाई चिकित्सकहरुले भिन्न भिन्न रुपमा परिभाषित गरेका छन् । वरिष्ठ स्त्री तथा प्रसुतीरोग विशेषज्ञ डा. ज्ञानेन्द्रमानसिंह कार्कीका अनुसार महिलामा हुने हर्मोनमा देखिएको असन्तुलन, पोषणको अभाव, पाठेघरमा समस्या, न्युट्रिसनको अभाव, शरिरको तौल कम वा वेशी हुँदा पनि महिनावारीमा गडबडी हुन्छ । यी बाहेक तनावका कारण पनि महिनावारीमा उतारचढाव आउँने गर्छ उनले थपे । 
महिनावारी सुरु भएको ४ देखि ५ वर्षसम्म बढि मात्रामा महिनावारीको गडबडी हुने गर्छ । 
महिनावारी सुक्नुभन्दा १ देखि २ वर्ष पहिले पनि गडबडी देखीन सक्छ उनले भने । 

अत्यधिक रक्तश्राव र पेट दुख्ने समस्या 
चिकित्सकहरुले बताए अनुसार पछिल्लो समय महिलाहरुले आकस्मिक गर्भनिरोधक औषधि प्रयोग गर्न थालेका छन् । यसका कारण उनिहरुमा छिटो तथा ढिलो महिनावारी हुने, महिनावारी भएपछि रगत धेरै बग्ने समस्या देखिएको छ । उपचारमा आउँने मध्ये ४० प्रतिशत महिलाहरु महिनावारी भएको समयमा बढि रगत बग्ने र सहनै नसक्ने गरी पेट दुख्ने गरेको सुनाउँछन डाक्टर भोला रिजालले भने । अधिकाँश महिलाहरु समयमा महिनावारी नभएको भन्दै उपचारका लागि आउँने गरेको उनि बताउँछन् । 
कसैको महिनावारी ३० दिनमा हुने गरेको छ भने अर्को महिना पनि ३० दिनमै भए त्यसलाई गडबडी मानिँदैन । तर, कसैलाई ३० दिनमा भएर अर्को पल्ट १० देखि १५ दिन पर गएको खण्डमा महिनावारीमा गडबडी भएको मानिन्छ ।

महिनावारी गडबडी बाट यसरी बच्ने 

  • कुनै पनि वाहनामा महिनावारी रोक्न औषधि खानु हुँदैन ।
  • सबै भन्दा पहिला महिनावारी गडबड हुन नदिन ब्यक्तिगत जीवनशैली परिवर्तन गर्नुपर्छ ।
  • मोटोपनले पनि महिनावारीमा गडबड गर्ने हुँदा शरीरलाई फिटनेश बनाएर राख्नु पर्छ । 
  • चिकित्सकसँग सल्लाह अनुसार गर्व निरोधक चक्की खाने । 
  • महिनावारी समस्या भएका किशोरीहरुले पोषिलो खानेकुरामा बढी जोड दिनु पर्छ । वातावरणीय प्रदुषणबाट जोगिनुपर्छ । 
  • स्वास्थ्यको नियमित चेकजाच गराउनुका साथै नियमित व्यायम गर्नुपर्छ । 
     
Last modified on 2018-05-01 15:51:23

1 Comments

  1. Dear sir I know hormonal imbalance is make our menstruation irregulars problems. Please I request for you details.... I'm not used medicine another in this about


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts