यसकारण हुन्छ कलेजोकोे क्यान्सर

(भिडियोसहित)



Download our app to get more features

कलेजो शरीरको महत्वपूर्ण अंग हो । शरीर स्वस्थ छ वा छैन भन्ने कुरा कलेजोको अवस्थामा निर्भर रहन्छ । कलेजो मानव शरीरको आन्तरिक अंग मध्ये सबै भन्दा ठुलो र बढी तौल भएको अंग पनि हो । 
नेपालमा केही वर्षयता धेरै मानिसमा कलेजो सम्बन्धी समस्या देखिइरहेको छ । साथै कलेजोमा क्यान्सर हुने बिरामीको संख्या पनि बढ्दो क्रममा छ । कलेजोको क्यान्सर हुन नदिन यस्ता सावधानी अपनाउन पर्ने सुझाव दिन्छन् कलेजो क्यान्सर तथा कलेजो प्रत्यारोपण विशेषज्ञ डा. अरुणकुमार सिंह :-

कलेजोको काम :

—कलेजोले पाचन नलीबाट आउने रगतलाई शुद्ध पारी अन्य अंगमा पठाउँछ ।
—रगतका लागि आवश्यक प्रोटिन बनाउँछ ।
—हर्मोनलाई सन्तुलित राख्न सहयोग गर्छ ।
—विविध कारण क्षति पुगेका कोषलाई प्रतिस्थापन गर्न सहयोग गर्छ ।

के हो कलेजोको क्यान्सर ?

कलेजोको कोषहरू अनियन्त्रित रुपमा वृद्धि हुनु नै कलेजोको क्यान्सर हो । नेपालको सन्दर्भमा महिलाको तुलानामा पुरुषलाई बढी कलेजोको क्यान्सर देखिने गरेको छ । 

कलेजोको क्यान्सर हुने कारण :

कलेजोको क्यान्सर हुने कुनै निश्चित एक कारण मात्रै छैन । सामान्यतया निम्न कारणले कलेजोको हुने अध्ययनहरूले देखाएका छन् ।  

  • धेरै मदिरापान गर्दा लिभर सिरोसिस हुन्छ । पछि क्यान्सर हुन्छ ।
  • अस्वस्थकर खाना खाँदा र जंग फुडको धेरै प्रयोग । 
  • हेपाटाइटिस बी र सी हँुदा कलेजो चाडै अस्वस्थ भई क्यान्सर हुनसक्छ ।
  • मोटोपनले कलेजोमा बोसो जम्छ फ्याटीलिभर भई क्यान्सर हुने संभावना बढी रहन्छ ।
  • मधुमेह भएमा पनि कलेजोको क्यान्सर जोखिम बढ्छ ।
  • डायलाइसिस गर्ने व्यक्तिहरूमा पनि विभिन्न संक्रमणको कारण कलेजोको क्यान्सर हुने संभावना बढी रहन्छ । 

कलेजोको क्यान्सरका लक्षणहरू :

  • प्ोटको माथिल्लो दाहिने भागमा दुख्नु । 
  • खानामा अरुची हुनु ।
  • तौल घट्नु ।
  • शरीर आलास्य हुनु ।
  • कोही व्यक्तिमा कलेजोको क्यान्सरका कारण पेटमा पानी जम्ने समस्या पनि हुन्छ । जसले शरीर पहेँलो हुने, मन्द ज्वारो आउने हुनसक्छ ।

कलेजोको क्यान्सरबाट बच्ने उपाय :

  •  सधै स्वस्थकर आहार विहारमा ध्यान दिने ।
  • मध्यपान, धुम्रपान नगर्ने ।
  • तौल नियन्त्रणमा राख्ने ।
  • मधुमेह, उच्च रक्तचाप लगायतकाबाट बच्ने ।
  • नियमित व्यायम गर्ने ।
  • नियमित स्वास्थ परीक्षण गर्ने । 

कलेजोको क्यान्सर सुरुवाती चरणमै उपचार गराए निको हुन्छ । यसर्थ कुनै पनि लक्षण देखिए तुरुन्त स्वास्थ परीक्षण गराउनुपर्छ ।

भिडियो हेर्नुहोस्:

Last modified on 2019-02-22 07:04:50


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts