अस्पतालकै कारण बिरामीलाई बाध्य पारिन्छ आत्महत्या गर्न !



Download our app to get more features

काठमाडौं, १९ बैशाख । चिकित्सक र अस्पतालको लापर्वाहीका कारण अस्पतालमै बिरामीहरु आत्महत्या गर्न बाध्य हुने गरेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालै गरेको एक अध्ययनले अस्पताल र चिकित्सकको लापर्वाहीका कारण बिरामीले आत्महत्याको बाटो रोज्नेगरेको पाइएको हो । 

उपचारमा संलग्न चिकित्सकहरुले शल्यक्रिया गर्नुपर्छ भन्दै लामो समय अस्पतालमा राख्ने र पटक पटक सारिरहने परिपाटीले गर्दा बिरामीले पीडा सहन नसकेर आत्महत्या रोजेको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उपसचिव भवनाथ खतिवडाका अनुसार चिकित्सक र अस्पतालको लापर्वाहाीकै कारण बिरामीले आत्महत्याको बाटो रोज्ने गरेका छन् । आत्महत्या गर्नेहरुमा गरिब र विपन्न वर्गका बिरामीहरु बढी पर्ने गरेका छन् । 

सामान्य अपरेशन गर्नुपर्ने बिरामीलाई पटक पटक समय सार्दै अन्य बिरामी समेत भर्नामा रोक लगाएको अस्पतालमा देखिएको छ । ‘उपसचिव खतिवडाले भने, २० मिनेटमा अपरेशन सक्ने बिरामीहरुलाई पनि अपरेशन नगरी वेडमा भर्ना गराएर मात्रै राखिएको पाइयो । यसले गर्दा ईमर्जेन्सी बिरामीलाई भर्ना गराउँने वेडको अभाव देखिएको छ ।’

बाध्य पारिन्छ आत्महत्या गर्न
पहिलो पटकको बैशाख १ मा अपरेशनको अन्तिम नम्वर (नं.१०) मा राखेको बिरामी उक्त दिन अपरेशन हुन सक्दैन । त्यस पछि निजलाई सोही यूनिटवाट बैशाख ५ गतेका लागि अपरेशनमा पुन अन्तिममा (नं.१०) मा राखिन्छ । तर, उक्त दिन पनि बिरामीको अपरेशन हुदैन उपसचिव खतिवडाले भने । यसरी सारिरहने तर, अर्को पटक पनि पहिलो नम्बरमा पालो नदिने परिपाटीले बिरामीहरुमा आफू देशको नागरीक नै नभएको जस्तो नकारात्मक भावना जागृत भई आत्महत्या गर्न बाध्य हुनेछन् । यस विषयप्रति स्वास्थ्य मन्त्रालय गम्भीर भएको छ । 

यस्ता छन् अस्पतालका कमजोरी 

  • जटिल अवस्थामा नरहेको बिरामीलाई ओपिडिबाटै उपचार प्रकिया शुरू गरेर तोकिएको मितिमा अपरेशन गरी दिनु पर्नेमा १७, १८ दिन सम्म बेडमा भर्ना गरेर २० देखि ३० मिनेटसम्म लाग्ने सामान्य अपरेसन तोकिएको मितिमा नगरेर वेड बुक गर्ने ।
  • सामान्य बिरामीलाई उपचार नगरि वेडमा भर्ना गर्दा इमर्जेन्सी बिरामीले भर्नाका लागि वेड नपाउने ।
  • पहिलो पटकको अपरेशन गर्ने सूचिको अन्तिम नम्वरमा परेका कारण सो दिन अपरेसन हुन नसकेको भन्ने र बिरामीलाई अर्को दिनको अपरेशन पालोमा पहिलो नम्बरमा राख्नु पर्ने तर, अन्तिममै राख्ने गरेको । 
  • अस्पतालले तयार गरेको बिरामी भर्ना फारमका सवै विवरणहरू पूर्णरुपमा भराई राख्नु पर्नेमा अधिकांस खाली राख्ने गरेको । 
  • सामान्य उपचारका लागि भर्ना भएका बिरामिको उपचारको पालो लामो बनाउने गरेको । 
  • अस्पतालको बेडमा भर्ना भएर बसेका हरेक बेडका बिरामीहरुको निगरानी २४ सैं घण्टा डिउटीमा रहेका नर्सिंङ्ग स्टाफहरूबाट नहुने । बिरामी उठेर हिड्दा पनि नर्सहरुलाई कुनै जानकारी नहुने । 

यस्तो छ, छानविन टोलीको सुझावहरू 
अस्पताल प्रशासनका कमी कमजोरीहरूलाई तत्कालै सुधार गर्ने र आत्महत्याका घटनाहरू हुन नदिन अस्पताल प्रशासनद्वारा बेलैमा सतर्कता अपनाई राख्नुपर्छ । झ्यालहरूमा ग्रिलको व्यवस्था गर्ने, छत तथा कौशीका ढोकाहरू आवश्यक प्रयोजन वाहेक खुल्ला नराख्ने, ट्वाइलेट, लिफ्ट, र्याम्प, भर्याङ जस्ता स्थानहरूमा विशेष निगरानी राख्ने । 

Last modified on 2018-05-02 13:01:30


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts