प्रेस्कृप्सनको दुरुपयोग : डाक्टरले लेख्नुपर्ने औषधि अहेव अनमी, नर्सले लेख्छन्

काठमाडौं, २० बैशाख । बिरामीहरुलाई औषधि लेख्ने प्रेस्कृप्सनको दुरुपयोग भएपछि त्यसलाई रोक्न नेपाल मेडिकल काउन्सिलले सार्वजनीक सुचना जारी गरेको छ । प्रेस्कृप्सनमा दुरुपयोग भएको पत्तो पाएसंगै काउन्सिलले यसलाई रोक्न देशभर शर्कुलर जारी गरेको हो ।
अधिकार नै नपाएका व्यक्तिले धमाधम प्रेस्कृप्सन लेखेको पाएपछि त्यसलाई रोक्न नेपाल मेडिकल काउन्सिल गम्भीर भएर लागेको छ । काउन्सिलका अध्यक्ष डा. धर्मकान्त बास्कोटाले प्रेस्कृप्सनमा भएको दुरुपयोगले आफु स्तब्ध भएको बताए । ‘डा. बाँस्कोटाले भने, प्रेस्कृप्सन लेख्ने अधिकार प्राप्त व्यक्ति भनेको चिकित्सकहरु हुन । तर, यहाँ अधिकार नै नपाएका व्यक्तिले धमाधम प्रेस्कृप्सन लेखेको भेटियो । यसले काउन्सिल चिन्तित भएको छ ।’ बाँस्कोटाले अधिकार प्राप्त व्यक्तिले भन्दा अरुले प्रेस्कृप्सन नलेख्न पनि सबैमा आग्रह गरेका छन् । यदि फरक विधाका औषधिहरुको प्रेस्कृप्सन लेखिएमा त्यो गैरकानुनी हुने छ ।
अहेव अनमी, नर्सले लेख्छन प्रेस्कृप्सन
डाक्टरले लेख्नुपर्ने प्रेस्कृप्सन नर्स, अहेव अनमी, ल्याव असिस्टेण्टले लेख्ने गरेको पाएसंगै काउन्सिलले सार्वजनिक सुचना जारी गरेर रोक्न निर्देशन दिएको हो । उनिहरु अधिकार प्राप्त व्यक्ति हैनन् बाँस्कोटाले भने, यदि औषधि खाएर कसैको मृत्यु वा अंगभङग भएको खण्डमा त्यसको जिम्मेवारी कसले लिने ? उनका अनुसार प्रतिदिन दुई वटा यस्ता उजुरी काउन्सिलमा आउँने गरेका छन् ।
प्रेस्कृप्सनको हकमा
स्वास्थ्योपचारको सिलसिलामा विभिन्न अस्पताल वा नर्सिङ होम वा क्लिनिक अर्थात स्वास्थ्य सेवा प्रदायक संस्थामा उपस्थित हुने कुनै पनि व्यक्तिले खानुपर्ने र प्रयोग गर्नुपर्ने विभिन्न औषधिहरु कुनै पनि चिकित्सक वा औषधि ऐनले निर्दिष्ट गरेको स्वास्थ्यकर्मीले प्रेस्कृप्सन लेख्दा औषधिको नाम, औषधि सेवन गर्नुपर्ने मात्रा र समय तथा अवधि समेत राम्रोसंग बुझिने भाषा र अक्षरमा लेखेर दिनुपर्ने छ । यसरी बिरामीलाई लेखेर दिदै गर्दा दिने सम्बन्धीत चिकित्सकले आफ्नो नाम र नेपाल मेडिकल काउन्सिलबाट लिएको दर्ता नम्बर स्पष्टका साथ समावेश गराउनु पर्छ ।
नेपाल स्वास्थ्य ब्यबशायी परिषद् २०५३ काे धारा २ (घ) अध्ययन गरिदिनु भयाे भने स्पष्ट हुन्छ । मानाै तपाईं अहिले जाजरकोट ईलाम र दार्चुलाकाे कुनै गाउँमा हुनुहुन्छ ।त्यहाँ तिनै अ हे ब ,अ न मि र नर्स ले गएर दिएको मानवीय स्वास्थ्य सेवालाई सन्चारकर्मीले सहयाेग गरिदिनु राम्रो हाे।