सूई लगाए लगत्तै सामान्य बिरामीको मृत्यु, डाक्टर सहित संचालक पक्राउ



Download our app to get more features

तुलसीपुर, २० बैशाख । दाङमा ज्योति मेडिकल एण्ड बिनोद प्याथोलोजीमा सूई लगाए लगत्तै सामान्य बिमारीको उपचारको क्रममा मृत्यु भएपछि डाक्टर सहित संचालकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा डाक्टर प्रकाश नेपाली र मेडिकल संचालक विनोद धौलाकोटीलाई अनुसन्धानका लागि झीकाइएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले बताएका छन् । हिजो उपचार गर्न आएकी तुलसीपुर उपमहमनगरपालिका ७ पर्सेनी निबासी प्रेमा कुमाल(कलौरी)को पेन्टोप्राजोल नामको सुई चिकित्सकले लगाई दिए लगत्तै मृत्यु भएको पिडित परिवारले बताएको छ । मृतक कुमालको पेट दुखेपछि तुलसीपुर स्थित ज्योति मेडिकल एण्ड बिनोद प्याथोलोजीमा उपचार गर्न आएको उपचार गराउन आएकी बुहारी ललिता वलीलले जानकारी दिइन् । 

डाक्टर नेपालीले  ट्राइकेन एमपिएस झोल  औंषधी र पेन्टोप्राजोल सूई चलाएका थिए ।   मृतक कमालले भनेको लक्षणका आधारमा औषधी चलाय लगत्तै बिरामीको अवस्था गम्भिर भएपछि  मेडिकलले बिरामीलाई राप्ती अंचल अस्पताल तुलसीपुर रिफर गरेको थियो । 

अंचल अस्पताल पुरयाए लगत्तै चिकित्सकले मृत घोषणा गरेको इलका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । पिडित पक्षले घटनाको सत्यतथ्य छानविन, क्षेतिपूर्ति र दोषीलाई कारबाही नगर्दा सम्म शब नबुझने भन्दै  बताउदै आएका छन् । 

Last modified on 2018-05-03 15:20:45


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts