भोलिदेखि इन्टर टेक्निकल कलेज मिनी ओलम्पिक हुँदै



Download our app to get more features

काठमाडौं, २० वैशाख । नेपाल विधार्थी संघ, महारागंज मेडिकल क्याम्पस एकाइले २१ देखि २७ वैशाखसम्म इन्टर टेक्निकल कलेज मिनी ओलम्पिक प्रतियोगिता आयोजना गर्ने भएको छ ।

प्रतियोगीतामा प्राविधिक शिक्षा, मेडिकल इन्जिनियरिङ, फार्मेसी, फरेष्टि, कृषि शिक्षा, नर्सिङ लगायत अध्ययनरत विधार्थीको सहभागीता हुने आयोजक नेवि संघका महारागंजका मेडिकल क्याम्पस एकाइका अध्यक्ष सन्तोष उपाध्यायले जानकारी दिए । अध्यक्ष उपाध्यक्षका अनुसार प्रतियागितामा २५ फरक खेल हुनेछन् । जसमा फुटबल, भलिबल, क्रिकेट, बास्केट बल, टेबल टेनिस, ब्याटमिन्टन, पौडी प्रतियोगिता हुनेछ । 

प्रतियोगिताको उद्घाटन कांग्रेस महामन्त्री सशांक कोइरालाले गर्ने जनाइएको छ । प्रतियागीताको उद्घाटन शुक्रबार साढे नौ बजे हुनेछ । प्रतियोगिता किर्तिपुर खेल मैदान र  मुलपानी खेलमैदानमा हुने अध्यक्ष उपाध्यायले बताए ।


 

Last modified on 2018-07-30 11:45:55


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts