तुलसीपुर फलोअप

डेढ लाख दिने सहमतिमा आफन्तले शव बुझे



Download our app to get more features

तुलसीपुर, २० वैशाख । दाङको ज्योति मेडिकल एण्ड बिनोद प्याथोलोजीमा सूई लगाए लगत्तै सामान्य बिमारीको उपचारको क्रममा मृत्यु भएको  भएको २६ घन्टापछि आफन्तले शव बुझेका छन् । 

मृतकका आफन्त र मेडिकल संचालक बिच एक लाख ५० हजार रुपैयाँ क्षेतिपूर्ति दिने सहमति भएपछि आफन्तले शव बुझेको बताइएको छ ।

आज बिहान तुलसीपुर स्थित ज्योति मेडिकल एण्ड बिनोद प्याथोलोजीमा उपचार गर्न आएकी तुलसीपुर उपमहमनगरपालिका ७ पर्सेनी निबासी प्रेमा कुमाल(कलौरी)को मृत्यु भएपछि आफन्तले दोषीलाई कारबाही र क्षतिपूर्तिको माग गर्दै शव बुझ्न मानेका थिएनन् । 

हिडेर दिउँसो दुइै बजे उपचार गर्न आएकी कुमाललाई पेन्टोप्राजोल नामक सुई चिकित्सकले लगाई दिए लगत्तै मृत्यु भएको आफन्तले आरोप लगाएका थिए । ट्राइकेन एमपिएस झोल औंषधि र पेन्टोप्राजोल सूई चलाए लगत्तै मृत्यु भएको जानकारी आएपछि इलाका प्रहरी कार्यालय तुलसीपुरले डाक्टर प्रकाश नेपाली र संचालक बिनोद धौलाकोटीलाई नियन्त्रणमा लिएको थियो ।
 

Last modified on 2018-05-04 12:29:26


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts