स्वास्थ्यकर्मीको घरमा महिलाको शव फेला 



Download our app to get more features

बैशाख ,२१ अछाम। अछामको पञ्चदेवल विनायक नगरपालिका–९ कालेकाँडामा एक जना स्वास्थ्यकर्मीको घरमा हिजो एक महिलाको शव फेला परेको छ ।

कालेकाँडाकी  २२ वर्षीया उर्मीला टमाट्टाको शव संकास्पद अवस्थामा गोठमा भेटिएको हो । घरबाट आफन्तका घरमा जाने भनेर निस्किएकी उर्मिलाको शव स्वास्थ्यकर्मी समेत रहेका छिमेकी तिलक बटालाको गोठमा फेला परेको हो । 

आफन्तको घरमा जाने भन्दै गएकी र आफन्तको घरमा नपुगेको खबर पछि उनको खोजी गर्दा उनको शव गोठमा भेटिएको अछाम प्रहरी प्रमुख डीएसपी दधिराम न्यौपानेले बताए । शव नजिकै मुसा मार्न प्रयोग गरिने बिष फेला परेको छ । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts