जनकपुर अञ्चल अस्पतालको आइसीयू सञ्चालन



Download our app to get more features

जनकपुर, २१ वैशाख । जनकपुर अञ्चल अस्पतालको आइसीयू कक्ष सञ्चालनमा आएको छ । १९ फागुन ०६९ अर्थात करिब ५ वर्षअघि स्थापना भएदेखि नै सो आइसीयू कक्ष सञ्चालन हुन सकेको थिए । आइसीयू कक्षमा आवश्यक सबै सामानको व्यवस्था भएपछि १० दिन अघिबाट सञ्चालनमा आएको अस्पताल प्रशासनले जनाएको छ ।

१४ शय्याको अत्याधुनिक सेवा सुविधासहितको आइसीयू कक्षमा दिनहँु ४ देखि ५ जना बिरामी आउने गरेको आइसीयू प्रमुख डा. कुलदीप पण्डितले जानकारी दिए । उनले तत्काललाई थोरै बिरामी भर्ना गरेर कर्मचारीको पदपूर्ति भएपछि मात्रै थप बिरामी भर्ना गर्ने बताए ।

डा. पण्डितले हाल आसइसीयूमा स्टाफ नर्स १०, कन्सल्टेन्ट डाक्टर २, मेडिकल अफिसर ४, अनड्युटी डाक्टर ४ र एक जना एनेस्थेसियोलोजिस्ट रहेको जानकारी दिए ।

उनले भने, ‘अस्पतालमा २४ सै घण्टा बिजुली नहुँदा अहिले ४÷५ वटा शय्या मात्रै सञ्चालन गरिएको हो । केही दिन पहिला बिजुलीको समस्या हुँदा आइसीयू कक्षमा आगलागी समेत भएको थियो ।’
डा. पण्डितले सबै १४ शय्यालाई सञ्चालनमा ल्याउन कर्मचारी थप्नु पर्ने र केही प्राविधिक तयारी पनि पूरा गर्नु पर्ने बताए । 

तत्कालिन स्वास्थ्य तथा जनसंख्यामन्त्री एवं सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महातोले अस्पतालको आइसीयू कक्ष उदटन गरे पनि त्यसयता आइसीयूका लागि अवश्यक विशेषज्ञ चिकित्सक र नर्स अभावका कारण सञ्चालनमा आउन सकेको थिएन । 
 

Last modified on 2018-05-05 07:36:23


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts