पायल्स हुनै नदिन यी कुरामा ध्यान दिनुहोस्  

(भिडियोसहित)



Download our app to get more features

पायल्सले धेरैलाई दुःख दिइरहेको हुन्छ । तर, गुप्त अंगमा लाग्ने रोग भएकाले दुःख पाए पनि धेरैले खुलेर कुरा भने गर्दैनन् । पायल्स किन हुन्छ ? यो रोग लाग्न नदिन के गर्ने र लागेमा कसरी उपचार गर्ने भन्ने विषयमा जनरल सर्जन डा. सागर रिमालको सुझाव यस्तो छ :

पायल्स भनेको मलद्वारमा लाग्ने रोग हो । विभिन्न कारणले दिसा गर्ने क्रममा मलद्वारमा दबाब पर्छ र दिसामा रगत देखिने, सानो मासुको ढल्लो निस्कने लगाएतका समस्या हुन्छ । सामान्यतया यसलाई नै पायल्स भनिन्छ । 

नेपालमा पायल्सका बिरामी कति छन् भन्ने कुनै तथ्यांक छैन् । पायल्स भए पनि कतिपयले सहजै नभन्ने वा चिकित्सककोमा समेत नजाने गर्दा यसका रोगी बढ्दो क्रममा छन् । गुप्तांगमा लाग्ने रोग भएकाले पनि भन्न लजाउने, डराउने गरेको पाइन्छ । जसले गर्दा सानो रोगले पनि ठुलो रुप लिने गरेको छ ।

पायल्सका हुने कारण 

पायल्स हुने मुख्य कारण कब्जियत नै हो अथवा स्वभाविक रुपमा सहजै दिसा बाहिर ननिस्कनु हो । यो अवस्था खानपानमा हुने लापर्वाहीका करण हुन्छ । अस्वस्थ खानपान, बढी चिल्लो पिरो, मसलेदार खाना, माछामासु बढी खाने, जंक फुडहरू धेरै खानेमा पायल्सको सम्भावना बढी हुन्छ । साथै प्रशस्त पानी नपिउँदा, सागपात नखाँदा र सन्तुतिल भोजनमा ध्यान नदिदा पनि पायल्स हुन्छ ।
धुम्रपान मध्यपान बढी गर्ने, निस्क्रिय जीवन अपनाउने, बढी तनाव लिने मानिसमा पनि पायल्स हुन्छ । 

पायल्सका लक्षण

  • दिसा गर्न गाह्रो हुनु, दुख्नु ।
  • दिसामा रगत देखिनु ।
  • गोटा पर्नु ।
  • दिसा गर्दा मासुको ढल्लो बाहिर आउनु । 

पायल्स भएको लामो समय भए मलद्वारबाट मासुको ढल्लो सधै बाहिर आउँछ । जसले मानिसलाई दुखाई हुनका साथै उठन बस्न दैनिक कामकाजमा समेत बाधा पुग्छ । 
पायल्सबाट बच्ने उपाय 
पायल्सबाट बच्ने सबै भन्दा उत्तम उपाय कब्जियत हुनै नदिनु हो । साथै प्रशस्त पानी पिउने, सागपात, फलफुल सन्तुलित रुपमा खाने, बढी चिल्लो, पिरो, मसालेदार खाना नखाने, माछामासु कम खाने गर्नुपर्छ । दिसापिसाब लामो समय नरोक्ने । कुनै पनि समस्या देखिए जतिसक्दो छिटो अस्पताल जाने ।

पायल्सको उपचार

सुरुवाती चरणमै पायल्सबारे थाहा पाए यो पूर्ण निको हुन्छ । तर जति ढिला वा चौथौ स्टेजमा पुगिसक्यो भने सल्यक्रिया गर्नु पर्ने अबस्था सम्म आउन सक्छ । यसर्थ, पायल्स कुन अवस्थामा छ सो हेरी त्यही अनुसार उपचार पद्धति अबलम्न गरिन्छ । 

भिडियो हेर्नुहोस्:

Last modified on 2018-11-13 16:29:53


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts