विद्यार्थीका लागि खेल पनि महत्वपूर्ण  : कोइराला 



Download our app to get more features

काठमाडौ, २३ वैशाख । नेपाल विधार्थी संघ, महाराजगंज मेडिकल क्याम्पस एकाइले आयोजना गरेको इन्टर टेक्निक कलेज मिनी ओलम्पिक प्रतियोगिताको दोस्रो दिन आइतबार विविध खेल प्रदर्शन भएको छ । 
कार्यक्रममा नेवि संघ महाराजगंज एकाइका सभापति डा. सन्तोष उपाध्यायको अध्यक्षतामा भएको उद्घाटन कांग्रेसका महामन्त्री शशांक कोइरालाले गरेका थिए ।

कार्यक्रममा नेवि संघका केन्द्रीय अध्यक्ष नैनसिंह महर, इन्सिच्युट अफ मेडिकलका प्राध्यापक नारायणप्रसाद, बिपि नेत्र प्रतिष्ठानका कार्यकारी निर्देशक प्राडा आनन्द शर्मा लगायतको उपस्थिति थियो । प्रतियोगितामा देशभरका २० प्रविधिक क्याम्पसको उपस्थिति छ । 

मिनी ओलम्पीकको पहिलो दिन शनिवार ट्रयाक्यान फिड, फुटबल, बास्केट बल लगायत खेल भएका थिए । कार्यक्रम उद्घाटनका अवसरमा डा. शशांक कोइरालाले विद्यार्थी जीवनमा खेलको महत्व दर्शाएका थिए । उनले विद्यार्थीका लागि खेल पढाइ जत्तिकै महत्वपूर्ण भएको बताए । 
सिमित स्रोतसाधनका बाबजुत पनि महाराजगंज मेडिकल कलेजका विद्यार्थीले प्रतियोगिता आयोजना गरेको जनाएको छ । कार्यक्रममा विद्यार्थीले उत्कृष्ठ प्रस्तुति गदै आएको डा. सन्तोष उपाध्यायले बताए । कार्यक्रममा प्राडा रोहित पोखरेलले रेफ्ररीलाई फुटबल दिएर खेलको सुरुवात गरेका थिए ।
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts