जाजरकोटमा पहिलो पटक स्त्रीरोग विशेषज्ञ शिविर 



Download our app to get more features

जाजरकोट २४, बैशाख ।जाजरकोट अस्पतालमा पहिलो पटक स्त्रीरोग विशेषज्ञ शिविर शुरु भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र आइ एन एफ सुर्खेतको आयोजनामा उक्त शिविर सञ्चालन भएको हो । 

 शिविरमा पाठेघर खसेका महिलाको निःशुल्क शल्यक्रिया लगाएत सेवा सञ्चालन हुने गरेका छन् । शिविरको पहिलो दिन हिजो २ जना महिलाको आङ्ग खसेको शल्यक्रिया गरिएको डा. अमीन शाहले बताए । जाजरकोटमा प्रजनन् उमेरका ५० प्रतिशत महिला पाठेघर खस्ने समस्याबाट पीडित रहेका छन् । 

जिल्ला भर झन्डै ४० हजार प्रजनन् उमेरका महिला रहेको र बर्षेनी ५ हजार बढीले सन्तान जन्माउने गरेका छन । यस जिल्लामा १५ देखि ८० बर्ष सम्मका महिला पाठेघर खस्ने समस्याबाट पीडित  बनेका छन् । बिरामीको चाप हेरेर शिविरको समापन गरिने अस्पतालले जनाएको छ ।
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts