स्पाइन कन्फ्रेन्स २०१८ सम्पन्न 



Download our app to get more features

काठमाडौं, २४ वैशाख । नेपाल न्यूजिल्याण्ड अष्ट्रेलिया अमेरिका स्पाइन कन्फ्रेन्स ०१८ काठमाडौंमा सम्पन्न भएको छ । 

‘स्पाइनल डिफर्मि्टि एण्ड इम्ब्यालेन्स ग्लोबल ट्रेन्डस शिर्षक दिइएको सम्मेलनमा नेपालसँगै न्यूजिल्याण्ड, अष्ट्रेलिया र अमेरिकाका चिकित्सक तथा स्वास्थ्यकर्मीहरू सहभागी थिए ।   
सम्मेलनमा स्पाइन अर्थात मेरुदण्ड सम्बन्धी विभिन्न समस्या तथा रोग र उपचार पद्धतिमा भइरहेको बिश्वव्यापी अभ्यासबारे छलफल भएको थियो । 

बिशेषगरी एडल्ट डिफर्मिटी तथा बालबालिकामा देखिने ढाड सम्बन्धी समस्या जस्तै स्कोलियोसिस लगायतका समस्या बारे सहभागीले अनुभव आदानप्रदान गरेका थिए ।
एसोसिएसन अफ स्पाइन सर्जन्स अफ नेपाल स्पाइन हेल्थ इन्टरनेशनल तथा ग्राण्डी अन्तर्रा्ष्ट्रिय अस्पतालको संयुक्त आयोजनामा सम्मेलन आयोजना भएको थियो । दुई दिने सो सम्मेलनको नेतृत्व कोर्स कोअर्डिनेटरका रुपमा ग्राण्डी अन्तर्रा्ष्ट्रिय अस्पतालको स्पाइन सर्भिसेजका डाइरेक्टर कन्सल्ट्यान्ट अर्थोपेडिक तथा स्पाइन सर्जन डा. बिनोद बिजुक्छेले गरेका थिए । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts