स्वास्थ्य संस्थामा १० प्रतिशत निःशुल्क शैय्या कार्यान्वयन भएन



Download our app to get more features

काठमाडौं, २५ बैशाख । सरकारले १० प्रतिशत शैय्यामा निःशुल्क उपचार गर्ने मापदण्ड लागू गर्न दिएको निर्देशन निजी स्वास्थ्य संस्थाले कार्यान्वयन नगरेको मन्त्रालयले गुनाँसो गरेको छ ।

मन्त्रालयले १० प्रतिशत शैय्यामा निःशुल्क उपचार गर्न सिफारीस गरेर सम्बन्धीत अस्पताललाई पत्र पठाएको दुई वर्ष पुग्न लाग्दा समेत कुनै स्वास्थ्य संस्थाले सेवा दिएका छैनन । नियमनकारी निकाय कमजोर हुँदा सरकारले दिएको निर्देशन समेत स्वास्थ्य संस्थाहरुले उल्लंघन गरेको पाइएको हो । स्वास्थ्य मन्त्रालयले गरिब तथा विपन्न नागरिकलाई १० प्रतिशत निःशुल्क शैय्यामा उपचार गराउनु भन्दै अस्पताललाई पत्र पठाउँने तर, सम्बन्धीत अस्पतालले उपचार नदिनुले सरकारी योजना संकटमा परेको अधिकारीहरु बताउँछन् । 

स्वास्थ्य मन्त्रालय चिकित्सा महाशाखाले पटक पटक लिष्ट पठाउन परिपत्र गरेको छ तर, उनिहरुले विभिन्न वहाना देखाउदै सेवा दिएको लिष्ट नपठाएको व्यवस्थापन महाशाखाका उप स्वास्थ्य प्रशासक डा. रामराज पन्थीले बताए । 

हाल सम्म ३१ जना सिफारीस  
दश प्रतिशत शैय्यन निःशुल्क गर्ने व्यवस्था २०७३ पौष १ गतेबाट सबै अस्पतालमा अनिवार्य रुपमा कार्यान्वयन गर्ने निर्णय सरकारले गरेको हो । निर्णय भएयता ३१ जना बिरामीलाई मन्त्रालय र विभागले विभिन्न अस्पतालमा दश प्रतिशत शैयामा उपचार गर्न सिफारीस गरेको छ । तर, उनिहरु कसैले पनि पूर्ण दश प्रतिशत निःशुल्क सेवामा उपचार नपाएको गुनाँसो छ ।  

निःशुल्क उपलब्ध गराउने सेवाहरु

  • चिकित्सक परामर्श सेवा 
  • नर्सिङ्ग सेवा 
  • अक्सिजन
  • सबै प्रकारका डाईग्नोष्टिक सेवा (रेडियोलोजी सेवा, प्याथोलोजी सेवा)
  • सबै प्रकारको शैया सेवा 
  • अस्पतालको निर्णयानुसार दिन सकिने अन्य थप सेवाहरु ।
Last modified on 2018-05-08 11:30:28


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts