गर्भ जाँच गराउने महिलालाइ अण्डा उपहार



Download our app to get more features

वालिङ, स्याङ्जा, २५ वैशाख । स्वास्थ्य संस्थामा आएर गर्भ जाँच गराउने महिलालाई भिरकोट नगरपालिकाले अण्डा वितरण गर्दै आएको छ । 

गर्भवती महिलामा गर्भ रहेको सामान्यतयाः तीन महिनाको अवधिदेखि सुत्केरी नहुँदासम्मको अवधिका लागि दैनिक एउटाको दरले अण्डा वितरण गर्ने गरेको भिरकोट नगरपालिकाका नगर प्रमुख छायाराम खनालले बताए ।

 गर्भवती महिलाले पहिलो परीक्षण अवधि तीन महिनादेखि प्रत्येक महिनामा जाँच गराउन आउँदा प्रत्येक पटक एक क्यारेट अण्डा स्वास्थ्य संस्थाबाटै तत्काल दिने व्यवस्था नगरपालिकाले मिलाएको छ । रासस
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts