यसकारण गर्मीयाममा टाउको बढी दुख्छ



Download our app to get more features

गर्मीयाममा अन्य मौसममा भन्दा स्वास्थ्य सम्बन्धी समस्याले बढी सताउँछ । विशेषगरी टाउको दुखाईको समस्या यो मौसममा अझै धेरै हुने गर्छ । तर, गर्मीका कारण टाउको दुख्यो भनेर चुप लागेर बस्नु हुँदैन । टाउकोको दुखाई सामान्य अवस्थादेखि गम्भीर प्रकृतिको हुन्छ ।

टाउको दुख्नुको मुख्य कारण 

  • चर्को घाममा हिड्नाले ।
  • लामो समयसम्म मोबाईल, कम्प्युटर चलाउदा, टिभी हेर्दा ।
  • चिया, कफी, धुम्रपान, मद्यपान ।
  • अनावश्यक तनाव ।
  • पिनास ।
  • शारीरिक मानसिक थकान ।
  • माइग्रेन ।
  • धेरै समयसम्म भोको बस्नु ।

उपचार

  • कागती र अदुवाको रस समान मात्रामा मिसाएर तबसम्म पिउने जबसम्म निको हुँदैन ।
  • मोबाईल, कम्प्युटर जस्ता इलेक्ट्रोनिक सामान लामो समयसम्म प्रयोग गरेर टाउको दुुुखेको बेला कन्चट, घाँटी र निधारमा औंलाले हलुका मसाज गर्नु पर्छ । साथै केहीबेर आँखा चिम्लेर आराम गर्ने । 
  • धनिया र पुदिनाको पातको पेस्ट बनाएर निधारमा लगाउने ।
  • पिनास, रुघा र माइग्रेनले हुने टाउको दुखाईमा सुठो वा अदुवाको पेस्ट बनाएर निधारमा लेप लगाउने ।
  • पानी प्रशस्त र नियमित सेवन गर्ने । 
  • भोक लागेको बेला जथाभावी खाना खानु भन्दा पनि स्वस्थकर खाना खाने ।
  • घाममा हिँड्दा छाताको प्रयोग गर्ने । सकेसम्म घाममा बाहिर ननिस्कने ।

यति उपाय अपनाएर पनि टाउको दुखाई निको भएन भने वा टाउको निरन्तर दुखिरहेको छ भने सम्बन्धित चिकित्सकसँग परामर्श गर्नुपर्छ ।

(आयुर्वेद चिकित्सक डा. अमित कर्णसँगको कुराकानीमा आधारित )

Last modified on 2018-07-13 12:19:43


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts