रजस्वला सुक्ने बेलामा यस्ता कुरामा ध्यान दिनुस् 



Download our app to get more features


रजस्वला सामान्य र नियमित प्रक्रिया भए पनि यसलाई हेर्ने दृष्टि भने फरक फरक छ । विशेष गरेर रजस्वला सुक्ने समयमा महिलाहरु स्वास्थ्य प्रति बढि सचेत हुनुपर्छ ।

यस अवस्थाका कस्ता कुरामा ध्यान दिनु पर्छ ? स्त्री रोग विशेषज्ञ  डाक्टर रोजी वैद्य मल्लका टिप्स् :

रजस्वला हुनु महिलाको सामान्य शारीरिक प्रक्रिया हो । रजस्वलाले महिला प्रजनन् क्षमतामा सक्षम छिन् भन्ने कुराको संकेत गर्छ । रजस्वला भएको ५–६ दिनको अवधिमा महिलाहरुले आफ्नो स्वास्थ्यमा विशेष ध्यान दिनु पर्छ । त्यसमा पनि रजस्वला सुक्ने अवधिमा अझ सचेत हुनुपर्छ ।

नेपालको सन्दर्भमा अधिकांश महिलाहरुमा ४५–५६ वर्षको उमेरमा रजस्वला सुक्ने गर्दछ । यस अवस्थामा रजस्वला महिनै पिच्छे नियमित हुदैन । कहिले चाँडो हुन्छ त कहिले ३–४ महिनामा, कहिले वर्षको एक चोटी हुने गर्दछ । कसै कसैमा थोरै मात्र रगत देखा पर्ने गर्दछ । हर्मोनको कारणले पनि यस्तो हुनसक्छ । यद्यपी यस्तो अवस्थालाई महिलाहरुले सुक्ने बेलामा यस्तै हुन्छ भनेर हेलचेक्र्याइँ गर्ने गर्छन् । तर हैन् यो अबस्था भनेको गम्भीर रोगको लक्षण नहोला भन्न सकिन्न। 

यस अबस्थामा यस्ता लक्षण देखिए खतराको संकेत :

१. लामो अन्तरालमा रजस्वला हुने ।

२. कहिलेकाँही थोरै मात्र रगत देखिने ।

३. यौन सम्पर्कका बेला रगत बग्ने ।

४. कालो ढिक्का–ढिक्का रगतबग्ने ।

५. रजस्वलाको समयमा तल्लो पेट अत्याधिक दुख्नु ।

यस्ता लक्षण देखिँदा पाठेघरको मुखको क्यान्सर हुने सम्भावना प्रवल रहन्छ । त्यसकारण यस्ता कुनै पनि लक्षण देखिए तुरुन्त स्वास्थ्य परीक्षण गराउनु पर्छ । समयमै स्वास्थ्थ परीक्षण गरायो भने सम्भावित खतराबाट जोगिन सकिन्छ ।
 

Last modified on 2018-05-09 10:16:48


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts