स्वास्थ्य उपचारमा सिण्डिकेट: गाडी, पैसा र विदेश भ्रमणको सुविधा लिएर औषधि सिफारीस



Download our app to get more features

काठमाडौं, २६ बैशाख ।जनताको स्वास्थ्य उपचारमा चिकित्सकहरुले सिण्डिकेट लागू गरेका छन् । नाम चलेका र जनताले विश्वास गरेका चिकित्सकहरुले नै उपचारका नाममा सिण्डिकेट लादेका हुन् । औषधि उत्पादक कम्पनीहरुको हितमा चिकित्सकहरुले विभिन्न सुविधा लिने र जनतालाई उनिहरुको मात्रै औषधि सिफारीस गर्ने पाइएको हो । सिमित औषधि उत्पादक कम्पनीले केही ठूला डाक्टरहरुलाई विभिन्न प्रलोभनमा पारी आफ्ना कम्पनीको मात्रै औषधि सिफारीस गर्न लगाएको भेटिन्छ । त्यस बापत उनिहरुले चिकित्सकलाई आर्थिक तथा जिन्सी लाभ जस्तैः गाडी किन्दीने, मासिक पैसा दिने र विदेश भ्रमणमा लैजाने गरेको स्वंयम कम्पनीहरुले बताएका छन् । 

लामो समयदेखि नेपालमा वरिष्ठ डाक्टरहरुले विभिन्न स्वदेशी तथा विदेशी औषधि उत्पादक कम्पनीका औषधि गुणस्तरका आधारमा भन्दा पनि सुविधाका आधारमा सिफारीस गरेको खुल्न आएको हो । चिकित्सकहरुले जुन कम्पनीले बढी औषधिमा कमिसन दिन्छ सोही कम्पनीका औषधि बढी सिफारीस गर्ने कुरा नौलो होइन् । औषधि उत्पादक तथा आयातकर्ता संघका एक अधिकारीले भने, डाक्टरहरुले कमिसनका आधारमा मात्रै औषधि सिफारीस गर्ने हुनाले कम्पनीहरुलाई धान्न निकै कठिन भएको छ ।२० देखि ४० प्रतिशतसम्म औषधि सिफारीस गरेवापत चिकित्सकलाई कमिसन दिनुपर्छ । उनले विदेश घुमाउने, गाडी किनिदिने, विभिन्न प्रकारका उपहारहरु दिने र मासिक रुपमा पैसा समेत दिनुपर्ने भएकाले औषधि कम्पनीहरुलाई धान्न कठिनाई भएको बताए । 

महिना उठाउँदा औषधि २२ सय गुणा महंगो
सामान्य कमिसन र विदेश भ्रमण अधिकांश डाक्टरलाई दिनुपर्छ । तर, केही ठूला  डाक्टरहरु छन् जसले मासिक १ लाख देखि२० लाखसम्म लिदै आएका छन् । यसले गर्दा नेपालमा औषधिको मुल्य २२ सय ग्ुणा महंगो हुन पुगेको हो । डाक्टरहरुलाई दिएको लाखौ रुपैयाँ सोही औषधि मार्फत उठाउनुपर्ने भएकाले औषधिमा उपभोक्ता ठगिए नाम उल्लेख नगर्ने शर्तमा ती पदाधिकारीले भने । चिकित्सकहरुले गरेको कार्य पेशागत मर्यादा बाहिर मात्रै हैन नेपाल मेडिकल काउन्सिलको आचारसंहिताको समेत ठाडो उल्लंघन पनि हो ।

उजुरी काउन्सिलमा छ : रजिष्ट्रार

नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा. दिलीप शर्माले नेपाल मेडिकल काउन्सिलको आफ्नै आचारसंहिता रहेको बताए । कुनै पनि फार्मा कम्पनीबाट चिकित्सकहरुले व्यक्तिगत रुपमा विदेश भ्रमणको टिकल, गिफ्ट, लोन आदी लिन मिल्दैन । चिकित्सकहरुले आफु अनुकुल कम्पनीहरुका औषधि सिफारीस गरेवापत मोटो रकम कमिसन लिएको र औषधि महंगो पर्न आएको भन्दै काउन्सिलमा थुप्रै चिकित्सकहरु विरुद्ध उजुरी परेको छ यो गम्भीर विषय हो । यस्ता उजुरी उपर काउन्सिलले छानविन गरिरहेको पनि उनले बताए । उपभोक्ता ठगेको उजुरीका आधारमा घटना हेरेर सचेत गराउनेदेखि गम्भीर प्रकृतिको भए निलम्वन गर्ने सम्मको व्यवस्था छ । ऐन नियमबारे जानकारी गराउँदा गराउँदै पनि चिकित्सकमाथि उपभोक्ता ठगेको विषयमा काउन्सिलमा उजुरी आउने क्रम जारी छ । 

औषधिको मुल्य समायोजन आवश्यक छ
औषधि उत्पादक कम्पनी तथा वितरकहरुले सरकारले औषधिको मुल्य निर्धारण गर्नुपर्ने बताएका छन् । औषधिको यकिन मुल्य निर्धारण नगरेका कारण समस्या भएको स्पष्ट पारे । डाक्टरले कमिसन नदिंदासम्म औषधि सिफारीस गर्दैनन् । आफ्नो कम्पनीको औषधि बिक्रि गराउन पनि चिकित्सकलाई खुशी पार्नुको विकल्प हुदैन । त्यसैले गर्दा औषधिको मुल्य बढि पर्न गएको हो औषधि आयात कर्ता संघका पदाधिकारीले भने । 
डाक्टरले भने अनुसार कमिसन दिनुपर्छ । नत्र औषधि लेखि दिदैनन् । यसले गर्दा ६० प्रतिशत जनताले अनावश्यक आर्थिक भार व्यहोर्नु परेको छ । कमिसनको नाममा अनावश्यक औषधि बिरामीलाई थप्ने काम भएको छ उनले भने । 

गाडी देखि लाखौं रकम खर्च गर्ने कम्पनीहरु
भारतीय :

  • अलकेम फर्मास्युटिकल्स 
  • सन फर्मास्युटिकल्स 
  • ईनटास फर्मास्युटिकल्स
  • ग्लेनमार्क फर्मास्युटिकल्स
  • माईक्रोल्याब्स लि.
  • भेनस रेमिडिज लि.
  • सिपला लि.
  • डि.के.एम ग्रुप द्धारा आयातित भारतीय कम्पनीहरु
  • एरिष्टो फर्मा 
  • ए.सि.आई. बंगलादेश

नेपाली :

  • नेपाल फर्मास्युटिकल्स  ल्याब प्रा.लि
  • देउराली जनता फर्मास्युटिकल्स
  • क्वेष्ट फर्मास्युटिकल्स 
  • म्याग्नस फर्मा
  • नेशनल फर्मास्युटिकल्स
  • मारुती फर्मास्युटिकल्स
  • एशियन फर्मास्युटिकल्स 

कमिसनको नाममा डाक्टरले बढी सिफारिस गर्ने औषधि

  • क्यान्सर रोग संग सम्बन्धीत 
  • मुुटु रोगसंग सम्बन्धीत
  • ईन्सुलिन 
  • मानसिक रोगसंग सम्बन्धीत
  • एन्टिवायोटिक
  • न्युट्रासिटिकल
  • छाला रोग संग सम्बन्धीत
  • प्रोटिन  (टिनको बट्टामा भएको)
  • प्रसुती रोग  सम्बन्धी 
  • पि.पि. आई ग्रुप

कमिसनको कुरा व्यापक उठ्छ
प्रज्वलजंग पाण्डे
महाससचिव, औषधि उत्पादक संघ


हामीले चिकित्सकहरुलाई कानुनको परिधिभित्र रहेर एकेडेमिक पार्टमा सहयोग गर्छौ । विभिन्न सभा समारोहमा सामेल गराउँछौं । गाडी, पैसाको कुरा सुनिन्छ तर, हामीले यस्ता कार्यलाई निरुत्साहीत बनाउनुपर्छ । यस्ता प्रवृति ठूला ठूला कम्पनीहरुबाट भएका छन् । हामीले नियन्त्रण गर्दा गर्दै पनि यसरी अनावश्यक रुपमा सुविधा लिनु, दिनु र विभिन्न प्रलोभनमा पार्नु व्यक्तिगत जिम्मेवारी भित्र पर्छ । संस्थागत रुपमा हामीले यस्ता कार्य गर्न रोक लगाएका छौं । आचारसंहिता भित्र रहेर हामीले सहयोग गर्ने हो । कुनै ठूला कम्पनी र नेपालकै पनि केही कम्पनीले यस्ता कार्यगरेको भए हामी जिम्मेवारी लिन सक्दैनौं । यस्ता कुराहरु बाहिर नआएका हैनन् । यी समस्या ज्वलन्तरुपमा देखिएको छ । लिने र दिने नै व्यक्तिगत जम्मेवारीको भागिदार बन्नुपर्छ । 

कसरी बिक्छन डाक्टर ?
औषधि कम्पनीले शुरुवाती चरणमा एन्टिवायोटिक वा कुनै पनि मलिकुल ल्याउँदा डाक्टरलाई विभिन्न वैज्ञानिक कार्यक्रमको नाम दिने गर्छन । सोही नाम दिएको आधारमा काठमाडौंका पाँचतारे होटलमा कक्टेल डिनर राख्छन् । त्याँहा सबै चिकित्सकहरुलाई आमन्त्रण गरिन्छ ।  त्यँहा चिकित्सकलाई दिने कमिसनको कुरा उठ्छ । 

चिकित्सकहरुको चाहना अनुसार औषधि लेखिसकेपछि विदेश लैजाने वा लेख्नु अगाडी नै विदेश लैजाने दुई पक्ष बीच कुरा गरिन्छ । कति बिरामीलाई औषधि लिखिएको छ, एमआर, फार्मेसी र चिकित्सकसंग रेकर्ड हुन्छ । सम्बन्धीत चिकित्सकको क्षेत्रमा कति बिरामी छन् सो बिरामीको आधारमा चिकित्सकलाई कमिसन पठाईन्छ । 

गिफ्टहरु राखिन्छ, विदेश लगिन्छ, सेमिनारमा भाग लिईन्छ र आवश्यकता अनुसार सपिङ गराईन्छ एक कम्पनीका अधिकारीले भने । औषधि चल्न थालेपछि कम्पनीले सिमित डाक्टरहरु तोक्छ । तोकेका डाक्टरको क्षेत्रका कति कति औषधि बिक्रिभयो रेकर्ड निकालिन्छ । महिनाको अन्तिम दिन गएर डाक्टरहरुलाई कमिसन दिलाईन्छ । ती अधिकारीका अनुसार कोही डाक्टरले चेक बुझ्छन्, कोहीले क्यास लिन्छन्, कसैले बैंकमा जम्मा गर्न लगाउँछन कसैले घर जग्गाको किस्ता तिर्न र कसैले गाडीको किस्ता तिर्न लगाउँछन् । 

औंषधिको बजार नियन्त्रण भन्दा बाहिर
नारायण प्रसाद ढकाल 
महानिर्देशक,औषधि ब्यवस्था विभाग

औषधि व्यवस्था विभागले औषधिमा चिकित्सकले मनलाग्दी सिफारीस गरेपछि त्यसलाई नियन्त्रण गर्न औषधि विक्रि प्रवद्र्धन संहिता तयार पारेका छौं । उक्त समिता जारी भएपनि आफुखुशी औषधि सिफारीस गर्ने प्रवृत्तिमा कमि आउँछ भन्ने हो । यसले चिकित्सकहरुलाई जिम्मेवार बनाउँछ । कम्पनीहरुले यो संहिता जारी भएको खण्डमा अनावश्यक रुपमा औषधिको सिफारीसमा प्रलोभन देखाएर औषधि विक्रि गर्न पाउने छ्रैनन् । अहिले देखिएको बेतिथीलाई सुधार गर्न सकिन्छ भन्ने उद्देश्यले विभागले संहिता तयार पारेको हो । 

औषधिमा नियन्त्रण गर्न सकिएन 
औंषधिको बजार विभागको नियन्त्रण भन्दा बाहिर गएको छ । हामीले कति नाफा दिएका छौं भनेर रोकेका छैनौं नगर मात्रै भनेको अवस्था छ । कमिसन दिन मिल्ने नमिल्ने कहि भनेको अवस्था छैन । जसले बढि मुनाफा दिएको छ उसले सोही औषधिबाट खर्च उठाएको अवस्था छ । यसरी कम्पनीले बढि खर्च गर्दा औषधि महंगो हुने जनता मारमा पर्ने अवस्था छ । नेपाली र भारतिय केही कम्पनीले उत्पादन गर्ने औषधिहरु ठीकैका छन् ।
ठूलो कम्पनीले जति खर्च गरेर भएपनि चिकित्सकलाई आफ्नो पक्कडमा पार्न सक्छन् । जसले गर्दा उनिहरुका कम्पनीको औषधि सिफारीस बढि हुने गरेको छ । 
 

Last modified on 2018-05-09 15:27:44


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts