असारसम्म स्वास्थ्य समूह पुरानै संरचनामा



Download our app to get more features

काठमाडौं, २६ वैशाख । जिल्ला जनस्वास्थ्य कार्यालय तथा जिल्ला अस्पताल असार मसान्त सम्म अहिलेकै संरचनामा रहने भएको छ । 

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. गुणराज लोहनीले सबै जनस्वास्थ्य कार्यालय, जिल्ला जनस्वास्थ्य कार्यालय र सरकारी अस्पताल आउँदो असार मसान्तसम्म रहने सम्भावना बढेको बताएका छन् ।

उनले जिल्ला जनस्वास्थ्य कार्यालयलाई खारेज गर्दा उसले प्रदान गर्दै आएको सेवामा प्रभाव पर्ने भएकाले आधिकारीक निर्णय नभएपनि आगामी असार मसान्त सम्मको समय थप हुने सम्भावना देखीएको बताए ।

यस अघि चैत २८ गते देखि सबै जिल्ला जनस्वास्थ्य कार्यालय खारेज गर्ने सरकारको तयारी थियो ।


 

Last modified on 2018-05-09 19:28:05


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts