करोडौँको जडीबुटी चोरी निकासी हुँदै



Download our app to get more features

बझाङ, २६ वैशाख । जिल्लाको उत्तरतर्फ रहेको साइपाल गाउँपालिका तिब्बतसँग जोडिएको छ । ताक्लाकोट नाकालाई वैधानिक रुपमा खोल्न नसक्दा वर्से्नि करोडौँ राजश्व चुहावट भइरहेको छ । 

व्यापारीले बहुमूल्य जडीबुटी र वन्यजन्तुको चोरी निकासी गर्दै आएका छन् । जिल्लाको कूल भू–भागको झण्डै आधा क्षेत्रफल ओगटेको साइपाल गाउँपालिकासँग जोडिएको यस नाकाबाट वर्से्नि रु तीन करोडभन्दा बढीको यार्साुम्बा लगायत बहुमूल्य जडीबुटीको कारोबार हुने गरेको छ । 

सीमामा नेपालको उपस्थिति नहुँदा करोडांँैको जडीबुटीको राजश्व छली भइरहेको छ । नेपाल र चीन सीमा क्षेत्रमा भन्सार कार्यालय स्थापना हुन नसक्दा करोडौँ मूल्यका सामान आयत र निर्यात भए पनि राजश्व संकलन गर्न सकिएको छैन । जिल्लाबाट यार्सागुम्बा, वन लसुन, कटुकी, सतुवा, पाँचऔंलेलगायत जडीबुटी ठूलो परिमाणमा निकासी हुने गरेको छ ।

नेपाली बजारमा भन्दा चिनियाँ बजारमा जडीबुटीको मूल्य चार गुना बढी भएका कारण व्यापारीले उरै भञ्ज्याङहुँदै ताक्लाकोट नाकाको प्रयोग गर्दैआएका छन् । कुन सामान कति मात्रामा आयात हुन्छ यकिन तथ्यांक भने छैन । साइपाल गाउँपालिका, दहबगर, तल्कोट गाउँपालिकालगायत ठाउँमा लत्ताकपडा र इलेक्ट्रोनिक सामान यस नाका भएर भित्रिने गरेको साइपाल गाउँपालिकाकी उपाध्यक्ष कल्पनादेवी बोहरा बताउछिन्। 

जडीबुटी संकलनबाट आफ्नो जीविका चलाउँदै आएका उक्त क्षेत्रका बासिन्दाले ताक्लाकोटबाट फर्कदा आवश्यक लत्ताकपडाका साथै इलेक्ट्रोनिक सामान ल्याउने गरेका छन् । सीमा प्रहरी चौकी छल्दै तस्करले सो नाकाको प्रयोग गरी अखेटोपहार, रक्तचन्दन, चरेसलगायत सामग्री तस्करी गर्दैआएका छन् । 

तत्कालीन बझाङी राजा जयपृथ्वीबहादुर सिंहले स्थानीयवासीको श्रमदानबाट चैनपुरदेखि ताक्लाकोटसम्म घोरेटो बाटो निर्माण गरेपछि ताक्लाकोटसँगको व्यापारिक सम्बन्ध स्थापना भएको बताइन्छ ।

रासस

Last modified on 2018-05-09 16:52:15


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts