बाडुल्की लागिरहने समस्या छ ?आँपको पात खानुहोस्



Download our app to get more features

फलफुलहरुमा अतिनै सर्वसुलभ फल हो आँप ।

आँपलाई फलको राजा पनि भनेर चिनिन्छ । गर्मीयाममा फल्ने आँप विभिन्न प्रजातिका हुन्छन् । आँपको उत्पादन तराई र पहाडी भेगहरुमा बढी हुने गर्दछ ।  आँपबाट प्रशस्त मात्रामा भिटामिन सी, बी र ए पाउन सकिन्छ । आँपको स्वाद र फाइदाको बारेमा त तपाई सबैलाई जानकारी नै छ । तर आँपको पातको गुणका बारेमा भने सबैलाई जानकारी नहुन सक्छ । आँपको पात विभिन्न रोगको रामवाण हो । यसमा एन्टिअक्सिडेन्ट्स र एन्टी ब्याक्टेरियल तत्व रहेको हुन्छ । 

आँपको पातका फाइदाहरुः

पेटका समस्याको लागि: आँपको पातलाई तातो पानीमा हालेर भाँडो छोपेर रातभर राख्ने । बिहान पानी छानेर खाली पेटमा पिउँदा पेटमा भएका समस्या समाधान हुन्छन् ।

बाडुली र घाँटीको समस्याबाट छुटकारा : यदि बाडुली लागिरहेको छ या घाँटीको कुनै समस्या छ भने आँपको पात आगोमा बालेर त्यसको धुवाँ श्वासमार्फत् भित्र तान्नुस । यसरी धुवाँ तान्दा घाँटीको समस्या समाधान हुन्छ ।

कान दुख्ने समस्या: आँपको पातको रस निकालेर मनतातो पारी कान दुखेको ठाउँमा लगाउने हो भने दुखाई बन्द हुन्छ । 

गलब्लाडल र किड्नी स्टोनको समस्यामा : दैनिक आँपको पातको पाउडर पानीमा मिसाएर पिउनाले किड्नीको स्टोन हटाउन सकिन्छ । आँपको पातलाई सुकाएर पाउडर बनाइ प्रयोग गर्न सकिन्छ ।

उच्चरक्तचाप घटाउन : यसमा हाइपोटेन्सिभप्रोपर्टी हुन्छ, जसबाट रक्तचाप कम गर्न सहयोग गर्छ । यसले रगतको नसालाई मजबुत बनाउँछ र रगत जम्नबाट समेत बचाउँछ ।

दमको समस्यामा : आँपको पातले दमको समस्यालाई समेत नियन्त्रण गर्छ । यो चिनियाँ उपचार पद्धतिमा बढी प्रयोग गरिन्छ । आँपको पातलाई उमालेर काडा बनाएर पनि पिउन सकिन्छ । यसमा थोरै मह पनि मिसाउन सकिन्छ ।   

 

Last modified on 2018-05-10 12:42:53


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts