सन्दर्भः विश्व लुपस दिवस

नेपालमा लुपस वाथका बिरामीको संख्या बढ्दो



Download our app to get more features

काठमाडौं, २७ वैशाख । आज विश्व लुपस दिवस । हरेक वर्ष १० मे लाई विश्व लुपस दिवसका रुपमा मनाउने गरिन्छ । लुपस जो  कैलाई हुन सक्ने, कुनै पनि उमेरसमुहलाई हुन सक्ने, त्यसैले कसैलाई पनि छुटाउदैन भन्ने मुल सन्देशका साथ यो दिवस नेपाल सहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाईदैछ ।

दिवसको अवसरमा आज नेशनल बाथरोग सेन्टर रातोपुलको आयोजनमा आज जनचेतना अभिवृद्धिका लागि अन्र्तक्रिया कार्यक्रम गरिएको छ ।

नेशनल बाथरोग सेन्टरका प्रवन्ध निर्देशक रोशन कक्षपतिले लुपस रोगको नियन्त्रणका लािग शिक्षाको आवश्यक्ता रहेको बताए । उनले लुपस एक दिर्घकालिन रोग भएकाले उपचार लामो समय सम्म गरिनु पर्छ र यस रोगको जानकारी ग्रसित व्यक्तिलाई मात्र नभई सबैलाई दिनुपर्ने उनले औल्याए ।

नेपालमा लुपस रोगको पहिचान हुन थालेको हुँदा दिन प्रतिदिन लुपसका बिरामीहरुको संख्या बढ्दै गएको तर नेपालमा यस रोगका विशेषज्ञहरुको अभाव देखिएको छ ।

बाथरोग विशेषज्ञ डा.बिनित वैद्यले सम्बन्धित विशेषज्ञको अभाव हुँदा लुपसका बिरामीहरु रु भौतारिनु पर्ने बाध्यता भएको भन्दै उनले बढ्दो रोगको पहिचान र सम्बन्धित विशेषज्ञको अभावलाई न्यनिकरण गर्नका लागि विशेषज्ञ तालिम सञ्चालन गनर्पुर्ने बताए ।

Last modified on 2018-05-11 14:40:46


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts