उपेन्द्र देवकोटालाई समर्पित गर्दै ओमकृष्णले लेखे मार्मिक कविता ‘मेरो डक्टर’
शुभप्रभात डक्टर साहेब
हजुरलाई अहिले कस्तो छ ?
सन्चो, बिसन्चो
गाह्रो, साह्रो
हजुरको अनुपस्थितिले
धेरै रोगीको घाउ बल्झेको छ ।
धेरै शुभ चिन्तकको मन अल्झेको छ ।
हिजो जस्तो मुसुक्क हाँसेर
हाम्रो नाडी छामी देउन
हिजो जस्तो लुसुक्कआएर
हाम्रो घाउ हेरि देउन
मात्र हजुरको हेराइले पनि
हामीलाई आनन्द हुन्छ ।
नाङ्गा फाँटहरूमा टुसाहरू पलाउन थाल्छ ।
मन मस्तिष्कको बादल फाटेर जान्छ ।
मात्र हजुर आइदिनु होला
मात्र हजुर हेरिदिनु होला
हिजो जस्तै आज
आइदिनु होला
हाम्रो अनुरोध छ ।
हाम्रो प्रार्थना छ ।
बाबाले सोध्नु भएको छ
आमाले भन्नु भएको छ
डक्टर साहेबलाई कस्तो छ ?
मैले भनिदिएको छु
मनभरि फुल फुलाएर
तनभरि जून बोकेर
आउनु हुनेछ ।
किनकी हाम्रा मुटुहरूमा उहाँ कै दबाइ छ
माटोका कणकणमा उहाँकै सवाइ छ
मलाई विश्वास छ ।
मेरो डक्टरलाई केही हुनेछैन ।
मेरो डक्टर त्यस्तो ठाउँमा आउनु भएको छ
जहाँको हावापानी अलौकिक छ
जहाँको तिर्थमा नुहाउदा बूढो तन्नेरी बन्यो
एउटै कल्पवृक्षबाट काष्ठमण्डप बन्यो
पवित्र भूमिको पूण्यले
तपार्इंलाई ठीक हुनेछ
त्यसैले म मनभरि सुकुन्दा बालेर
तनभरि पूmल गुच्छा बोकेर
हजुरकै स्वागतको प्रतिक्षामा छु
हजुरकै स्वागतको प्रतिक्षामा छु ।
ओमकृष्ण श्रेष्ठ
मध्यपुर पासा पुचः थिमी भक्तपुर