हड्डी खिइने (ओस्टियोपोरोसिस) बाट कसरी जोगिने ?



Download our app to get more features

सर्वप्रथम हड्डी भन्नाले शरीरमा हुने एउटा जीवित तन्तु हो जसले मानव शरीरको अस्थिपञ्जर, मेरुदण्डलगायत हात खुट्टाको बनावटमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ । 

ओस्टियोपोरोसिसको विकास जब नयाँ हड्डी बन्ने प्रकृया भन्दा खिइने (गुमाउने) प्रक्रिया बढी भएमा देखा पर्दछ । अर्थात मानव शरीरमा निरन्तर रुपमा नया हड्डी बन्ने र पुरानो हड्डी नास हुदै जाने प्रक्रियाको सन्तुलन नभएमा ओस्टियोपोरोसिस हुन्छ । जसले गर्दा हड्डी कमजोर हुन गई सामान्य चोटपटक लाग्दा पनि हड्डी बाङ्गो हुने र भाँचिने पनि गर्दछ । जसमा मुख्य गरेर कम्मरको हड्डी, मेरुदण्डको हड्डीहरु, नाडीको हड्डी पर्दछन् ।

ओस्टियोपोरोसिस सुरुको अवस्था र कडा भई बिग्रेको अवस्थालाई सुक्ष्मयन्त्रको प्रयोगले जाँच गर्न सकिन्छ र तन्दुरुस्त हड्डीको अवस्थामा माहुरिको चाका जस्तो खदिलो हुन्छ भने छिद्र भएको (मक्किएको हड्डी) तन्तुहरु त्यति मात्रामा खदिलो नभएर खाल्डो अथवा खोक्रो अवस्थामा रहेको हुन्छ । 


ओस्टियोपोरोसिस कसरी पत्ता लगाउने ? कुन प्रविधिको प्रयोग  गरिन्छ । 

यो रोग ४० प्रतिशत महिला र १३ प्रतिशत पुरुषहरुमा ५० बर्ष पछिको उमेरमा देखा परेको विभिन्न अध्ययनहरुमा पाइन्छ । विशेषगरी चाँडै रजस्वला रोकिएका महिलाहरु उच्चतम जोखिममा पर्दछन् । उमेरमा कुनै न कुनै प्रकारले उनीहरुको जीवनमा हड्डी मक्किएर सामान्य चोटपटक लाग्दा सिन हड्डी भाँचिने हुने गरेको तथ्यांक पाइन्छ । तर नेपालमा कति प्रतिशत मानिसमा ओस्टियोपोरोसिस छ भनेर अनुमान लगाउनु बाहेक यकिन तथ्यांक पाउन सकिएको छैन ।

सुरुको अवस्थामा Bone Mineral density (BMD) -3gTj_, (घनत्व) 2 standard deviation, भन्दा कम हुन जान्छ । त्यसैले BMD को जाचबाट हड्डीको कमजोरपन अथवा मक्किएको कति छ भनी अनुमान लगाई समयमै उपचार गरी, हड्डी मक्किएर भाँचिने प्रक्रियालाई रोकथाम गर्न सकिन्छ ।  DEXA स्क्यान को मद्दत ले BMD पत्ता लगाउन सकिन्छ ।

यो पीडा नहुने खालको जाँच हो यद्दपी, यस्तोखाले जाच अmभै पनि सजिलै उपलब्ध हुन सकेको अवस्था छैन, र यो रोग लाई सरकारी तबरबाट ठोस कदम अगाडि नबढेको अवस्था छ । 

ओस्टियोपोरोसिसका लक्षणहरुः 

प्रारम्भिक चरणमा सामान्यतया हड्डी कमजोरीका लक्षणहरु नदेखिन पनि सक्छ ।

जब हड्डी ओस्टियोपोरोसिस भएर कमजोर भइसकेको हुन्छ, तबमात्र यसका लक्षणहरु देखा पर्दछन् ,।

ढाड दुख्ने, विभिन्न जोर्नीहरु दुख्ने, अररो हुने, मेरुदण्डका हड्डीहरु सानो चोटपटकले पनि भाँचिने, अथवा मेरुदण्डका हड्डीहरु एक अर्कामा लिप्त हुदा शरीरको उचाई घट्ने र कुप्रो पर्ने यसका लक्षणहरु हुन् । कसै कसैमा त अनपेक्षित तरिकाले हड्डी भाँचिने हुन्छ । 

जोखिमका कारणहरुः 

१. बढ्दो उमेर, लिङ्ग (महिलाहरुमा बढी) 

२. जाति विशेषगरी एसियाका महिलाहरुमा 

३. जीवन शैली वाथ सम्बन्धित कुनै किसिमका रोगहरु

४. उपचारमा प्रयोग गर्ने औषधिहरु जस्त लामो समयसम्म Steroid औपधि प्रयोग गरेमा, थाइराइडमा प्रयोग हुने औषधीहरु

५. पारिवारिक, परिवारमा कसैलाई ओस्टियोपोरोसिस छ भने सन्ततिहरुमा पनि देखिन्छ ।

६ हर्मोनको मात्रा, शरीरमा उत्पन्न भएको हर्मोेनको मात्रा बढी भएमा वा कम हुन गएमा जस्तै hyporthyroidism थाइराइडको हर्मोन र सेक्स हर्मोनको (Testosterone/ estrogen hormone) मात्रा कमी भएमा पनि हड्डी कमजोर हुन्छ । 

७. प्रोस्टेटको उपचार गर्नेहरुमा  

८. स्तनको क्यान्सरको उपचार गर्नेहरुमा   आमासयको अवस्था ठीक नभएमा वा लामो समयसम्म हुने, झाडापखाला, अपरेसन गरेको अवस्थामा ।

९. अरु मेडिकल समस्याहरु भएमा जस्तै, मृगौलाको समस्या, सानो आन्द्रा, ठूलो आन्द्रामा घाउ हुने समस्या भएमा (Inflammatory Bowel Disease) लगायत अन्य वाथको रोगहरु भएमा 

१०. सन्तुलित भोजन नलिएको अवस्थामा पनि ओस्टियोपोरोसिस बढ्छ । कम क्याल्सियमको सेवन अर्थात जीवनभर क्याल्सियमको कमी भएमा हड्डीको घनत्व न्यून हुन्छ । जसलाई क्याल्सियम युक्त खाना जस्तै दुध र दुधबाट बनेका परिकारहरु पूर्ती गर्न सकिन्छ । 

जीवनशैली  केही खराब बानी तथा आचरणहरुले ओस्टियोपोरोसिसको जोखिमलाई बढाउने गर्दछ ।

  १. आसिन जीवन शैली  एकै ठाउमा बसिरहेर समय खर्च गर्ने मानिसहरुमा ओस्टियोपोरोसिसको समस्या बढी देखिन्छ । सामान्यतया खेल्ने, उफ्रने, नाच्ने अर्थात एक्सरसाईज गर्नेहरुमा कम देखिन्छ । 

२. अत्यधिक रक्सीको सेवन र सोडा युक्त पदार्थ, मासु बढी खाने, कफी बढि पिउने हरुमा 

३. सूर्ती जन्य पदार्थको प्रयोगले, त्यसले कसरी ओस्टियोपोरोसिस गराउँछ भन्ने कुरा अहिलेसम्म स्पष्ट बुझिएको छैन । तर पनिसुर्ती प्रयोग गरेकाहरुमा हड्डी कमजोर भएको विभिन्न अध्ययनहरुले देखाएको छ । 

उपचार :

विभिन्न अवस्थामा ओस्टियोपोरोसिसको कारण र कडापन severity लाई अध्ययन गरी उपचार पद्धति सुरु गरिन्छ । यो BMD सहयोगले अबको १० बर्षमा हड्डी भाँचिने कात्तिको सम्भावना छ भन्ने कुरामा अनुमान गरी उपचार सुरु गर्नुपर्दछ ।

जोखिमको मात्रा कम गर्ने औषधी वाहेक जीवनशैलीको पद्धतिमा परिवर्तन गरी जोखिमका कारणहरुलाई हटाई रोकथाम गर्न सकिन्छ । जस्तै औषधिहरुमा विस्फोस्फोनेट ग्रुपका औषधिहरु प्रयोग गरिन्छ । खाने औषधिका साथै बर्षमा एक पटक सुईबाट दिएर, zoledroninc Acid दिएर समयमै रोकथाम गर्न सकिन्छ ।

सन्तुलित भोजन, जस्त ताजा फलफूलहरु, बदाम, सागपात, माछा, क्याल्सियम बढी भएको खानाहरु दिनहु जस्तो दुधको मात्र प्रयोग (1 Cup milk ~250 ml = 300 mg Calcium पाइन्छ) दिनहु घाममा बस्ने जाडो मौसममा १५ मिनेट  गर्मी महिनामा १० मिनेट । जस्को मद्दतले प्रशस्त मात्रामा भिटामिन डी पाइन्छ  । दिनहु शारीरिक व्यायाम (३० मिनेट) र हप्तामा ५ दिन जति गर्दा पनि हड्डी बलियो हुन मद्दत पुग्दछ र ओस्टियोपोरोसिसको समस्याबाट टाढा रहन सकिन्छ । 

(डा. सिग्देल ओम अस्पतालका वाथ रोग विशेषज्ञ हुन् ।)
 

Last modified on 2018-05-11 11:38:34


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts