झुम्लाबाङवासीले बनाए अस्पताल



Download our app to get more features

रुकुम, २८ वैशाख । गाउँमा स्वास्थ्य सेवा नहुँदा उपचारको अभावमा ज्यान गुमाउन बाध्य भएका रुकुम पूर्वका स्थानीयवासीले आफ्नै लगानीमा अस्पताल स्थापना गरेका छन् । 

जिल्लाको भुमे गाउँपालिका–३ को बिकट बस्ती झुम्लाबाङका स्थानीयवासीले आफ्नै लगानीमा अस्पताल  स्थापना गरेका हुन् । 

गाउँमा महिला सुत्केरी हुन नसकेर उपचारका लागि अस्पताल लैजाँदै गर्दा बिकट भएका कारण बाटोमै मृत्यु हुन थालेपछि स्थानीयवासी आफैले अस्पताल स्थापना गरेको झुम्लाबाङ– भेलेज फाउण्डेशनका अध्यक्ष रामबहादुर बुढाले बताए। 

भुमे गाउँपालिकाको केन्द्रबाट चार घण्टाको पैदल दूरी लाग्ने झुम्लाबाङका १६५ घरधुरीले श्रमदान गरेर भवन निर्माण गरेका हुन् । औषधि र स्वास्थ्यकर्मीको पारिश्रमिकका लागि यहाँबाट वैदेशिक रोजगारीमा गएकाहरुले आर्थिक सहयोग स्वरुप रकम पठाइरहेको अध्यक्ष बुढाले बताए । 

राज्यको कुनै पनि सहयोग नरहेको यो अस्पतालमा अहिले दैनिक रुपमा पाँच सातजना बिरामीले सेवा लिने गरेको बताइएको छ । 

यहाँ दैनिक सामान्य उपचार गरिन्छ । तीन–तीन महिनाको फरकमा विदेशी विशेषज्ञ डाक्टरसहितको टोलीले यहाँ निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएको अस्पतालका प्रमुख शिवकुमार बुढाले जानकारी दिए । गाउँमा स्वास्थ्य केन्द्र स्थापना गर्नका लागि यहाँबाट वैदेशिक रोजगारीमा गएका ८० जनाले सहयोग गरेको बताएको छ । 

स्वास्थ्य केन्द्र निर्माण, औषधि तथा स्वास्थ्यकर्मीको पारिश्रमिकमा अहिलेसम्म रु पाँच करोडभन्दा बढी खर्च भएको प्रमुख बुढाले बताए । 

गाउँमा कसैलाई सानो समस्या हुनेबित्तिकै उपचार सेवा लिने गरेको उनको भनाइ छ । यहाँका स्थानीयवासीले २०६९ सालमा झुम्लाबाङ भेलेज फाउण्डेशन नामक संस्थासमेत स्थापना गरेका छन् । 
  रासस
 

Last modified on 2018-05-11 16:40:04


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts