भक्तपुर क्यान्सर अस्पताललाई १८ करोड रुपैयाँ पर्ने रेडियोथेरापी मेशिन दिने मोदीको घोषणा



Download our app to get more features

काठमाण्डौ । भारत सरकारले भक्तपुर क्यान्सर अस्पताललाई १८ करोड नेपाली रुपैयाँ पर्ने अत्याधुनिक कोवाल्ट ६० वीथ स्टिमुलेटर नामक रेडियोथेरापी मेशिन दिने भएको छ । 

नेपालको राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्रीसँगको संयुक्त पत्रकार सम्मेलनका क्रममा सो सहयोगको घोषणा गरेका हुन् । उनले यसको प्रयोगबाट ठूलो संख्यामा क्यान्सरका बिरामी लाभान्वित हुने बताए । 

भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा. ऋषिकेश नारायण श्रेष्ठका अनुसार अस्पतालमा रहेको कोवाल्ट ६० बीस वर्ष पुरानो भएको र त्यसले अहिलेको बिरामीको चाप थेग्न नसक्ने बेलामा सहयोग प्राप्त भएको बताए । पछिल्लो समयमा अस्पतालमा बिरामीको चाप बढेको र त्यसको व्यवस्थापनका लागि दैनिक कम्तिमा एकसय जनालाई रेडियोथेरापी चाहिने जानकारी दिए । उनका अनुसार पुरानो मेशिनले धान्न नसक्दा अस्पतालमा रेडियोथेरापी गर्न दुई महिनासम्म कुर्नुपर्ने बाध्यता रहेको छ । 

Last modified on 2018-05-12 09:16:44


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts