शरीरमा आउने अनावश्यक रौंबाट कसरी छुटकारा पाउने ? (भिडियोसहित)



Download our app to get more features

काठमाण्डौं, ७ जेठ । हरेक मानिसको शरीरमा शिरदेखि पैतालासम्म रौंले ढाकिएको हुन्छ । उमेर बढ्दैजाँदा पुरुषमा दाह्री जुँगा पलाउने हुन्छ भने पुरुष महिला दुवैको काखी, गुप्ताङ्गमा रौं आउन थाल्छ । यो बाहेक पनि हात खुट तथा पाखुरामा समेत रौं पलाउने हुन्छ । 

शरीरका विभिन्न भागमा आउने रौंका आफ्ना आफ्नै विशेषताहरु पनि छन् । तर कतिपय मानिसको शरीरमा अनावश्यक रौं आउने समस्या हुन्छ । यसरी अनावश्यक रुपमा रौं आउँदा मानिसको सौन्दर्यमा ह्रास आउनुका साथै मानिस आफैंलाई डिप्रेसनमा समेत पारीरहेको हुन्छन् । शरीरमा अनावश्यक रौं आउने समस्याका कारण महिला पुरुष दुवैमा नकारात्म असर परीरहेको चिकित्सकहरु बताउँछन् । 

शरीरमा अनावश्यक रौं आउँनाले कतिमय महिलाहरु खुलस्त रुपमा बहिरी क्रियाकलापहरु गर्न सकिरहेका हुँदैनन् । छाला रोग विशेषज्ञ डा. रुपक घिमिरेका अनुसार महिलाहरुमा अनावाश्यक रौं आउनु भनेको पुरुषको हर्मोन बढी भएकाले हो । अनावश्यक रुपमा राैँ आएकै कारण मानिसहरु चिन्तित हुनुका साथै डिप्रेसनमा पर्ने गरेका पनि छन् । 

शरीरमा आउने अनावश्यक रौं हटाउने लेजर हेयर रिमुभ प्रविधिको प्रयोग गर्न सकिने डा. घिमिरे बताउँछन् । सिलेक्टिवफोटोथर्मोलेसेस भन्ने प्रविधिबाट शरीरमा भएको अनावश्यक रौं हटाउने गरीन्छ । यो प्रविधिद्धारा रौं पलाउने कोषिकामा तातो दिई त्यस्लाई नष्ट गरीने डा. घिमिरे बताउँछन् । यो प्रक्रिया आवश्यक्ता अनुसार पटक पटक गर्नुपर्र्नेे छाला रोग विशेषज्ञहरुको भनाई छ ।  

अनावश्यक रौंबाट छुटकारा पाउन विशेष गरी महिलाहरु व्युटी पार्ललर धाउने र विभिन्न सौन्दर्य सामाग्रीको जथाभावी प्रयोग गरीरहेका हुन्छन् । 
खर्चिलो भएपनि दीर्घकालीन असर नपर्ने प्रविधि प्रभावकारी हुने विशेषज्ञहरुको दावी छ । 

 

Last modified on 2016-08-08 17:10:59


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts