चितवनमा १४ जनामा मलेरिया, विदेश गएर फर्कने बढि संक्रमित



Download our app to get more features

चितवन, २९ बैशाख । चितवनमा ९ महिनाको अवधिमा १४ जनालाई मेलेरिया(औलो) देखिएको छ ।

२०७४ साउनदेखि चैत सम्मको अवधिमा दुई हजार १ सय ९२ जनाको परीक्षण गर्दा १४ जनामा मलेरिया देखिएको जिल्ला जनश्वास्थ्य कार्यालय चितवनले जनाएको छ । १४ जना मध्ये ७ जना बाहिरी जिल्लाका र ७ जना चितवनका बिरामीमा मलेरिया देखिएको हो । रोजगारीको क्रममा विदेश गएर फर्कनेमा मलेरिया देखिने क्रम बढेको बताइएको छ । 

मलेरिया देखिएको बिरामीको  बिषयमा २४ घण्टा भित्र केन्द्रमा विवरण पठाउने र बिरामीको वरपर रहेका ५० घरका मानिसहरुको रगत परीक्षणका साथै लामखुट्टे नियन्त्रण अभियान चलाउदै आएको जनस्वासथ्य कार्यालयले जनाएको छ । 

२०२५ सम्ममा नेपाललाई मलेरियामुक्त बनाउने सरकारी योजना छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts