के 'सेक्स लत' वास्तवमै एक रोग हो ?



Download our app to get more features

बीबीसी,२९ वैशाख । अमेरीकी लेखक मार्क ट्रेनको एक कथन प्रचलित रहेको छ ।

उनको कथन छ –चुरोट छोड्न सजिलो थियो,मैले यस्तो सयपटक गरे,तर उनले चुरोट छोड्न एकदमै संभव छ चाँही भनेका छैनन् पछि उनको फोक्सोको क्यान्सरबाट मृत्यु भयो । हामीले समाजमा हुने निकोटिन, मध्यपान तथा ड्रग्स जस्ता नशालु चिजको लत एकप्रकारले स्विकार गरिसकेका छौं भन्दा फरक नपर्ला ।

यतिमात्र नभएर यी चिजहरुको सेवनले पुर्याउने नोक्सनालाई पनि स्विकार गरिसकेका छौं । सेक्स लत आफैमा रोग नभएपनि रोग सम्झेर अस्पताल तथा चिकित्सकको परामर्शमा आउनेहरु पनि भेटिने चिकित्सकहरु बताउँछन् तर यसको यकिन तथ्याँक भने छैन्। 

यौन लत तथा पोर्न फिल्मको लत लागेकाहरुका लागि मद्दत गर्न विकसित भएको वेवसाइटले ब्रिटेनमा २१ हजार मानिसलाई सहभागी बनाएर हालै एक सर्वे गरेको छ । यी मानिसहरुले  सन २०१३ पछि  वेवसाइटसँग मद्दतका लागि सम्पर्क गरेका थिए । सहभागीमध्ये ९१ प्रतिशत पुरुष रहेको थिए ।  ति मध्येपनि मात्र दश जना मात्र आफ्नो समस्यालाई लिएर डाक्टरको सम्पर्कमा गएका थिए । यौन लतलाई  सन २०१३ को 'डायगोनिस्टिक एण्ड रेस्टिकल मेनुअल अफ मेन्टल डसिअर्डर' मा समावेश गर्ने विषयमा छलफल तथा विचार विमर्श गरिएको थियो ।

डीएसएम अमेरीका तथा ब्रिटेनमा एक महत्वपूर्ण डायग्रोनिस्टिक टूल हो । नयाँ अध्ययनका अनुसार जुवा खेल्ने लत तथा धेरै खाना खाने लत पनि एक रोग नै हो । यसलाई सन २०१३ मा रोगका रुपमा स्विकार गरिएको छ । थेरापिस्टका अनुसार  सेक्स लतलाई पनि यस्तै लतमा समावेश गर्न सकिन्छ ।

अध्ययनका अनुसार  सेक्स लतका शिकार ती व्यक्ति हुने गर्दछन् जो अत्याधिक मात्रामा पोर्न फिल्म हेर्ने गर्दछन् । पोर्न फिल्म धेरै हेर्ने व्यक्तिको दिमागमा ड्रग्सको जस्तै नशा चढ्ने गर्दछ । ओपन यूनिभर्सिटीका एमोरिस प्रोफेसर डा. फ्रेडरिक टोएट्स भन्छन् – यदी कुनै व्यक्ति शारीरिक रुपमा निर्भर छ जसलाई छोडेमा उसलाई शारीरिक चोट पुग्दछ भने त्यो सेक्स लत हुन सक्दैन् । उनले यस विषयमा अझ धेरै व्याख्या गर्न आवश्यक रहेको बताएका छन् । प्रो. टोएट्स भन्छन्– लतको शिकार भएका मानिसहरुले अल्पकालिन रमाइलो महसुस गरेपनि दीघकालिन रुपमा यसले धेरै नोक्सान पुर्याउने गर्दछ ।
के सेक्सको लत मिथक मात्रै हो ?
कतिपय मानिसहरु सेक्स लत पनि एक बिमारी नै हो भन्ने स्विकार गर्दैनन् ।  'द मिथ अफ सेक्स एडिक्शन'  किताब लेख्ने सेक्स थेरापिस्ट डेविडले भनेका छन् कि सामान्यतया सेक्स लत हो भनेर मान्नु खासमा व्यक्तिको मुड तथा कुण्ठासँग जोडिएको समस्याको उपचार नगर्नुको लक्षण हुने गर्दछन् । उनका अनुसार सेक्स वा हस्थमैथुनको लतलाई रक्सि वा ड्रग्स बराबरको मान्नु बेठिक हो । उनी भन्छन्–सेक्स लतको धारणा स्वस्थ यौन सम्बन्धसाग जोडिएको नैतिक मूल्य मान्यतामा आधारित चिज हो । 

Last modified on 2018-05-12 14:43:46


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts