सरकारकै कारण १० प्रतिशत निःशुल्क शैय्या कार्यान्वयन भएनः अफिन



Download our app to get more features

काठमाडौं, ३० वैशाख । निजी अस्पताल तथा नर्सिङ होमको छाता संगठन एसोसिएसन अफ प्राइभेट हेल्थ इन्टिच्यूसन (अफिन) ले सरकार कै कमीकमजोरीका कारण १० प्रतिशत छुट दिनन सकेको आरोप लगाएको छ ।

अफिनका उपाध्यक्ष कुमार थापाले सरकारले हचुवाको भरमा निर्णय कार्यान्वयन गर्न खोज्दा बिरामीले १० प्रतिशत निःशुल्क स्वास्थ्य सेवा पाउन नसकेको बताए । 

हाम्रो डक्टरसँग कुराकानी गर्दै उनले भने, ‘हामी बिरामीलाई स्वास्थ्य सेवा दिन तयार छौं तर, सरकारले कस्तो बिरामीका लागि १० प्रतिशत छुट दिने हो भन्ने नै बुझेको छैन् ।’

गरिब, अपाङ्ग, एकल महिला, असहाय, जेष्ठ नागरिक, विपन्नका लागि अस्पतालमा १० प्रतिशत छुट दिने भनेर सरकारले निर्णय गरेपनि बिना छानबिन नै सिफारिस गरेर पठाउँदा समस्या भएको बताए । उनले भने,‘वास्तविक बिरामीले पाउनुपर्ने सुविधा सम्पन्नहरुले लिने गरेको र सरकारले बिरामी डिस्चार्ज गर्ने बेलामा सिफारिस गरेर पठाउँदा झन् समस्याहुने गरेको छ ।’

उनले थपे, ‘मंगलबार स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मा अर्यालसँग भएको छलफलका क्रममा आफ्नै कमीकमजोरीका कारण यो योेजना कार्यान्वयनमा नआएको स्विकार गरेको र उहाँले अब विपन्नलाई कार्ड वितरण गरेर कार्यान्वयनमा ल्याउने तयारी भइरहेको बताउनुभयो ।’ 

तर, सरकारले भने १० प्रतिशत छुट दिने निर्णय राम्रोसँग कार्यान्वयनमा आएको दाबी गर्छ । मन्त्रालयका चिकित्सा महाशाखा प्रमुख डा.दिपेन्द्ररमण सिंहले बिरामीलाई दिने १० प्रतिशत छुट योजनामा कुनै समस्यान भएको बताए । उनले भने, ‘बिरामीलाई यो विषयमा थाहा नहुँदा मात्रै समस्या भएको हो अन्यथा कुनै समस्या भएको छैन ।’

सरकारले देशका सबै अस्पतालहरुमा बिरामीलाई १० प्रतिशत छुट दिने निर्णय डेढ वर्ष अघि २०७३ पुष १ गतेबाट लागु हुने गरी कार्यान्वयनमा ल्याएको थियो । तर, सरकारको यो योजना सोचे अनुरुप कार्यान्वयनमा आउन सकेको छैन भने साँचो अर्थमा विपन्नले निःशुल्क उपचार पाउन सकेका छैनन् । 

Last modified on 2018-05-13 22:17:32


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts