स्वास्थ्य संस्था निमार्णमा दुई अर्ब बजेट अपुग, यी ठूला कार्यक्रम नै धरापमा



Download our app to get more features

काठमाडौं, ३१ वैशाख ।आगामि वर्षका लागि मुलुकमा राजस्व करिब २३ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ ।

तथापि दायरामा हुने संकुचन, राजस्वको अधिकार प्रदेश र स्थानीय तहमा समेत रहनु, संघीय राजस्वको करिब १६८ अरब प्रदेश तथा स्थानीय तहमा हस्तान्तरण गरिनु, आन्तरिक ऋण उल्लेख्य रुपमा वृद्धि गर्ने अवस्था नरहनु, नगद मौज्दात करिब ७५ अरब घाटामा रहनु, वैदेशिक सहयोग चालु आवकै हाराहारीमा रहनुले आगामी आर्थिक  बर्षको राष्ट्रिय बजेटमा करिब ७५ अरबले कम सिलिङ्ग निर्धारण भैसकेको छ । आगामी आवका लागि जम्मा १२०४ अरबको राष्ट्रिय बजेटको सीमाकंन गरिएको छ ।
निर्माणाधीन स्वास्थ्य संस्थालाई २ अरब अपुग
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय बजेटमा कमि आएसंगै स्वास्थ्य सस्थाहरुको निर्माणमा समेत समस्या देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उपसचिव भक्तराज जोशीका अनुसार राष्ट्रिय बजेटमा ७५ अरब कमको सिलिङ बनेका कारण स्वास्थ्यको पनि बजेट घटेको छ । जसका कारण निर्माणाधीन अस्पताल भवनहरुको निरन्तरतामा २ अरब २० करोड अभाव देखिएको छ । बजेट अभावका कारण समयमा स्वास्थ्य सस्था निर्माण सम्पन्न हुन नसक्ने देखिएको छ । 

कहाँ कति बजेट, कति पुगेन 

  • चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल)को निर्माणाधीन भवनका लागि आगामि वर्ष ८० करोड आवश्यक पर्नेमा १८ करोडमात्र छुट्याइएको छ,  ६२ करोड पुगेन । 
  • मनमोहन कार्डियोथेरासिक भस्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको निर्माणाधीन भवनका लागि आगामी वर्ष २८ करोड आवश्यक पर्नेमा ८ करोडमात्र छु्ट्याइएको छ, २० करोड पुगेन । 
  • सहीद गंगालाल हृदयरोग केन्द्रलाई निर्माणाधीन भवन सम्पन्न गरी मेसीन उपकरण जडान गर्न ८ करोडको बजेट पुगेन । 
  • वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्माणाधीन ३ भवनमा आगामी वर्ष १ अरब ४१ करोड आवश्यक पर्नेमा २६ करोडमात्र छुट्याइएको छ, १ अरब १५ करोड पुगेन । 
  • त्रिवि शिक्षण अस्पतालको निर्माणाधीन सुरेश वाग्ले स्मृति भवनका निम्ति आगामी वर्ष २३ करोड आवश्यक पर्नेमा ८ करोड छुट्याइएको छ, १५ करोड पुगेन ।

बजेट तर्जुमामा अन्तरनिहित यस्ता मुद्दा

  • बाम गठबन्धनको घोषणापत्रमा समेत रहेको सबै नागरिकलाई अनिवार्य स्वास्थ्य बीमामा आवद्ध गरिनेछ भन्ने घोषणा कार्यान्वयनको लागि आगामी आ.व.मा सबै जिल्लामा कार्यक्रम विस्तार गर्न रु. ८ अर्व लाग्ने अनुमान छ । तर प्राप्त बजेट सीमा ५ अर्व मात्र छ ।
  • बाल मृत्युदर शुन्यमा पुर्याउन हाल २३ जिल्लाका अस्पतालमा उपलब्ध भेन्टिलेटरको सुविधा सबै जिल्ला अस्पतालमा पुर्याउन बजेट अभाव छ  ।
  • सन २०३० सम्म एचआईभी एड्स संक्रमितको संख्या शुन्यमा झार्नको लागि हाल २ प्रदेशको ३ वटा अस्पतालमा रहेको लोड भाइरल मेशिन सबै प्रदेशमा र्पुयाउन बजेटको अभाव छ ।
  • प्रदेश नं. ६ मा नयाँ भ्याक्सिन स्टोर स्थापना गर्न बजेट अभाव छ ।
  • निःशुल्क स्वास्थ्य सेवार निशुल्क औषधि र स्वास्थ्य उपचार आर्थिक सहायतार बीमा कार्यक्रममा दोहोरोपना देखिएको छ ।
  • एकमुष्ठ अनुदान प्रदान गरेपछि पनि भवन निर्माण, मेशिनरी औजार लगायतमा छुट्टाछुट्टै दायित्व हिसाव गरी बजेट विनियोजन हुने गरेको छ । (वीर अस्पताल, गंगालाल, मनमोहन कार्डियो (भवन निर्माण)
  • पुनर्निर्माणमा दोहोरोपन (पाटन अस्पतालको भुकम्पले भत्काएको भवन निर्माणको लागि छ करोडले नपुग भई ४ करोड ५० लाख थप बजेट सीमा माग)
  • निर्माणाधिन आयोजना सम्पन्न गर्न नै श्रोतको व्यवस्थापन कठिन भैरहेको अवस्थामा ठूलो दायित्व सिर्जना हुने नयाँ नयाँ आयोजनाको लागि कनिका छरे झै रकम प्रस्ताव भई आउने गरेको छ । 
  • वी. पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धराननको ४०० सैयाको मातृ शिशु अस्पताल भवनको लागि २०७५÷७६ मा रु. १ अर्ब ६६ करोड आवश्यक तर प्रस्ताव रु. २५ करोड मात्र ।
  • ह्रृदयरोग अस्पताल र क्यान्सर सेवा विस्तारको भवन निर्माणको लागि रु. १२ करोड प्रस्ताव तर आयोजनाको लागत रु. ३ अर्ब ८२ करोड ।  
  • स्वास्थ्य चौकी तथा अस्पतालहरुको निर्माणाधिन ९१९ आयोजनाको लागि आगामी वर्ष रु. ६ अर्बको दायित्व सिर्जना हुने तर प्रस्ताव रु. २ अर्ब मात्र । चालु आ.ब. मा विनियोजित रु. ३ अर्ब ७५ करोडले नपुग भई रु. ३ अर्ब थप माग हुने अवस्था रहेको छ । 
  • ९१९ आयोजनाको दायित्व व्यवस्थापन गर्न नै चुनौतीपूर्ण रहेको अवस्थामा स्वास्थ्य मन्त्रालयको अख्तियारी बमोजिम भवन विभागबाट १८६ आयोजना अगाडी बढाउने गरी सूचना प्रकाशन गरिसकेको छ जसको लागि अगामी आ.ब. मा रु. ३ अर्बको दायित्व सिर्जना हुन्छ तर प्रस्ताव मात्र रु. ७७ करोड छ । यो आयोजना गत आ.ब. मा स्वास्थ्य मन्त्रालयको सम्बन्धित पदाधिकारी र यस मन्त्रालयको स्वास्थ्य सेक्टरको अडानको बावजुद अन्तिम अवस्थामा बजेटमा समाबेश गरी छुट्टै बजेट उपशीर्षकमा रु. ३४ करोड विनियोजन गरिएको थियो ।
     
Last modified on 2018-05-15 07:51:54


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts