विश्व क्यान्सर दिवस

केमोथेरापी लिएका व्यक्तिले यस्ता कुरामा ध्यान दिनुपर्छ

(भिडियोसहित)



Download our app to get more features

क्यान्सर रोग लागेका व्यक्तिलाई अन्य रोग लाग्ने संभावना पनि प्रवल रहन्छ । क्यान्सर लागेर केमोथेरापी लिएका व्यक्ति हर बखत आफ्नो स्वास्थप्रति सजग रहनुपर्छ । क्यान्सरको उपचारमा प्रयोग गरिने केमोथेरापी के हो ? किमो लिएका बिरामीले यस्ता कुरामा ध्यान दिन सुझाब दिन्छन् अंकोलोजी रेजिडेन्ट डा. सौहार्द लोहोनी :—

क्यान्सर भनेको कोषिकाहरूको अनियन्त्रित वृद्धि हुनु हो । क्यान्सर जुनसुकै अंगमा, जुनसुकै उमेर समूहका मानिसलाई लाग्न सक्छ । क्यान्सर लागेका व्यक्तिले क्यान्सरको उपचारमा प्रयोग गरिने केमोथेरापी बारेमा राम्ररी जान्नु आवश्यक छ ।

के हो केमोथेरापी ?
क्यान्सरको उपचारमा प्रयोग गरिने विशेष प्रकारको औषधि हो, केमोथेरापी । क्यान्सर कुन प्रकृतिको छ कुन स्टेजमा पुगेको छ, सो अवस्था हेरी केमोथेरापीको प्रयोग गरिन्छ । अनियन्त्रित रुपमा वृद्धि भइरहेको कोषिकाको वृद्धि रोक्नका लागि केमोथेरापी दिइन्छ ।
क्यान्सर लागेको चरण अनुसार केमोथेरापी केहीमा रेडियसनसँगै, केहीमा सल्यक्रियापछि या केहीमा क्यान्सर निको भैसकेपछि प्रयोग गरिन्छ । 

यसरी दिइन्छ केमोथेरापी
केमोथेरापी खाने औषधि वा इन्जेक्सनमार्फत नशाबाट दिइन्छ । केमोथेरापी लिएका मानिसले अस्पतालमा धेरै दिन बस्नु पर्ने हुँदैन । उसको अव्स्था हेरेर कति दिन बस्नु पर्ने हो निर्धारण गरिन्छ । 

केमोथेरापीबाट यस्ता असर देखिन सक्छ
केमोथेरापी दिएका व्यक्तिलाई एकै प्रकारको असर देखिन्छ भन्ने हँुदैन । तर, सामान्यतया यस्ता असर देखिन्छ । 

  •     कमजोरी हुनु ।
  •     शरीरका रौंहरू झर्नु ।
  •     वाक्वाकी लाग्नु ।
  •     थकित महशुस हुनु ।
  •     ज्वारो आउनु ।
  •     रगतको कमी हुनु ।
  •     खानामा अरुची हुनु ।
  •     छालामा समस्या आउनु ।
  •     पखला लाग्नु वा खाएको खाना नपच्नु ।

कुरामा ध्यान दिनुपर्ने कुराहरू 
केमोथेरापी लिएका व्यक्तिको रोग प्रतिरोधात्मक क्षमता निकै कमजोर हुन्छ । यही कारण पनि उनीहरूले थेरै मात्र प्रतिकुल वातवरण भयो भने रोगले समाइहाल्छ । 

  •     यस्ता व्यक्ति स्वस्थ वातवरणमा बस्ने ।
  •     राम्ररी पकाएको खाना खाने ।
  •     चिकित्सले भनेबमोजिम मात्र खाना खाने ।
  •     सरुवा रोग लागेको व्यक्तिबाट टाढा बस्ने । 
  •     मनोबल उच्च राख्ने ।
  •     चिकित्सकको सल्लाह बमोजिम नियमित औषधि सेवन गने । 

भिडियो हेर्नुहोस्:

Last modified on 2019-02-04 11:21:59


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts