नेपालको मेडिकल डिग्रीलाई भारतले मान्यता दिने



Download our app to get more features

काठमाडौं, २ जेठ । भारतको मेडिकल काउन्सिल ‘मेडिकल काउन्सिल अफ इन्डिया’ले नेपालको मेडिकल डिग्रीलाई मान्यता दिने भएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल आगमनका बेला नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको मेडिकल डिग्रिलाई मान्यता दिन आग्रह गरेका थिए ।  नेपाल मेडिकल काउन्सिलले पनि लिखित रुपमा मोदीलाई नेपालको मेडिकल  डिग्रीलाई मान्यता दिन आग्रह गरेको छ । मोदीले यस विषयमा आफु सकारात्मक रहेको र चाडै बाटो खोलिने बताएको नेपाल मेडिकल काउन्सिलले जनाएको छ ।

नेपालका विश्वविद्यालय तथा स्वास्थ्य प्रतिष्ठानले दिएको उपाधि र नेपाल मेडिकल काउन्सिलले दिएको लाइसेन्सलाई मान्यता दिन भारत सरकार पनि सकारात्मक देखिएको छ । भारतमा उपाधि पाएका चिकित्सकहरुलाई नेपालले मान्यता दिएको छ, भने नेपालमा उपाधि हासिल गरेका चिकित्सकलाई भारतको मेडिकल काउन्सिलले मान्यता दिएको छैन । 

नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्रोफेसर डा. धर्मकान्त बाँस्कोटाका अनुसार उपाधी दिने विश्वविद्यालय र स्वास्थ्य प्रतिष्ठानहरु हुन । विश्वविद्यालयले डिग्री हासिल गरेका चिकित्सकलाई उपाधी दिएपनि मेडिकल काउन्सिलको मान्यता अनिवार्य आवश्यक पर्छ । बास्कोटाले भने, भारतका जति पनि मेडिकाल डिग्रीहरुलाई त्यहाको काउन्सिलले मान्यता दिएको छ । उनिहरुले दिएको उपाधीका आधारमा नेपालको विश्वविद्यालय र मेडिकल काउन्सिलले मान्यता दिएको छ । जसका कारण उनिहरुले नेपालमा आएर सहज रुपमा काम कारवाही गर्न पाएका छन् । तर, नेपालको विश्वविद्यालय र स्वास्थ्य प्रतिष्ठानहरुको  डिग्रीलाई भारतको मेडिकल काउन्सिलले मान्यता दिएको अवस्था छैन । 

अहिलेसम्म कसलाइ दियो मान्यता 
महाराजगञ्ज मेडिकल क्याम्पस, वी.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र  न्याम्सको केही एमबीबीएसलाई मात्रै मेडिकल काउन्सिल अफ इन्डियाले मान्यता दिएको छ । तर पिजिमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको एउटा  डिग्रीलाई पनि मान्यता दिएको छैन । वी.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको केही विषय र चिकित्सा शास्त्र अध्ययन सस्थान आइओएम महाराजगञ्ज क्याम्पसको ७ वटा विषयलाई मान्यता दिएको छ । उनले २१ विषयमा पोष्ट ग्राजुएट चलाउदाँ ७ विषयलाई मात्रै  डिग्रीमा मान्यता दिएको छ ।

भारतको मेडिकल काउन्सिलको नियममा परस्परमा मान्यता दिन सकिने कुरा उल्लेख गरको छ । तिमीहरुले मानेका विषयलाई हामीले मानेका छौं भने, हाम्रो मेडिकल काउन्सिलले मानेका विषयलाई तिमीहरुले किन नमान्ने भनेर प्रधानमन्त्री मोदीलाई समास्या समाधान गर्न पहल गरेका हौं बाँस्कोटाले भने । 
 

Last modified on 2018-05-16 14:48:24

3 Comments

  1. Tuhin Bhattacharya on Fri, May 18 2018 12:31 PM

    Every recognised institute of each country should be recognised by each Medical Council .

  2. Does this mean that registered doctors in NMC can work in India with permission of MCI as doctors registered in MCI are allowed to work in nepal with permission of NMC????

  3. It is good thing as we have common curriculum and teachers and teaching. The nmc is recognised by mci then why not teaching experience of indian foctors who taught in nepal and ug and pg degree is recognisef. If gets node by government and mci will be good move.it is delayed yet good move.


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts