भेरी अस्पतालमा अत्याधुनिक मुटुरोग उपचार सेवा सुरु



Download our app to get more features

नेपालगञ्ज, २ जेठ । नेपालगन्ज स्थित भेरी अञ्चल अस्पतालमा अब अत्याधुनिक मुटुरोग उपचार सेवा सुरु भएको छ । काठमाण्डौस्थित गंगालाल हृदयरोग केन्द्रले दिने सेवा सुविधा भेरी अञ्चल अस्पतालबाट सुरु गरिएको अस्पतालका वरिष्ठ मुटु रोग विशषज्ञ डा. कृष्ण अधिकारीले जानकारी दिए ।

गंगालालले दिने सेवासुविधा उपत्यका बाहिरका दुई अञ्चल अस्पतालमा विस्तार गर्ने सरकारको लक्ष्य अनुरुप भेरी अञ्चल अस्पतालमा पनि सेवा सुरु हुने भएपछि त्यस क्षेत्रका स्थानिय खुसी भएका छन् ।

सेवा सुरु गर्नु अघि सहिद गंगालालका विशेषज्ञ चिकित्सकहरुको सहभागितामा मुटु सम्बन्धि जटिल उपचारको सफल परीक्षण समेत सम्पन्न भएको अस्पतालले जनाएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts