घट्दैछ मातृ मृत्युदर, २०३० सम्म ७० भन्दा कममा झार्ने सरकारको लक्ष्य



Download our app to get more features

जनकपुर, ३ जेठ । नेपालमा मातृ मृत्यु दर घट्दै गएको एक तथ्यांकले देखाएको छ । नेपाल डेमोग्राफी हेल्थ सर्वेले सन् २०१६ मा गरेको सर्वेक्षण अनुसार नेपालमा एक लाख गर्भवती महिला मध्ये २ सय ३९ जना महिलाको मृत्यु हुने गरेको छ । सर्वेक्षणमा सन् १९९८ मा ५ सय ३९ जना गर्भवती महिलाको मृत्यु हुने गरेको थियो ।

जनकपुरमा आयोजित एक कार्यक्रममा नेपाल सरकारले सन् १९९७ मा सुरक्षित मातृत्व कार्यक्रम ल्याएपछि मातृ मृत्यु दरमा कमी आएको जनाएको छ ।

कार्यक्रममा कम उमेरमा गर्भधारण गर्नु, परिवार नियोजनको साधन प्रयोग नगर्नु र नेपाल सरकारले परिवार नियोजनका साधन माग अनुरूप आपूर्ति गर्न नसकेकाले मातृ मृत्यु दर अहिले पनि कायमै रहेको वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक कुंज प्रसाद जोशीले जानकारी दिए । 

नेपाल सरकारले सुरक्षित मातृत्व कार्यक्रमलाई प्रभावकारी बनाउन पूर्व प्रसुति सेवा, प्रसुति सेवा, प्रसुतिपछिको सेवा, नवजात शिशु सेवा, आकस्मिक सेवा र सुरक्षित गर्भपतन सेवा सञ्चालन गर्दै आएको छ । कार्यक्रममा सुरक्षित मातृत्वसम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै सूचना केन्द्रकी प्रतिनिधि अञ्जना खड्काले नेपालमा असुरक्षित गर्भपतन बढी हुने गरेकाले पनि मातृ मृत्य दरमा कमी आउन नसकेको बताईन् ।

सरकारले सन् २०३० सम्म मातृ मृत्यु दर ७० भन्दा कममा झार्ने लक्ष्य लिएको छ ।

Last modified on 2018-05-17 10:58:48


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts