कुकुरले टोकेमा के गर्ने?



Download our app to get more features

कुकुर हामी धेरैको प्रिय घरपालुवा जनावर हो ।

घरपालुवा वा बाटोमा हिड्ने छाडा कुकुरले टोकेमा यदि कुकुर रेविज भाइरसबाट संक्रमित छ भने मानिसलाई पनि रेविज लाग्ने संभावना हुन्छ ।  रेविज भाइरसबाट संक्रमित जनावरहरुको टोकाईबाट लाग्ने र नसा र दिमागलाई असर पुराउने एक किसिमको रोग हो ।

किन लाग्छ रेविज ?

रेविज भाइरस नै यो रोगको कारण हो । संक्रमित जनावरको टोकाईपछि रेविज भाइरस मांशपेशीबाट नसा हुदै दिमागमा पुग्छ र फेरि शरीरको विभिन्न भागमा फैलन्छ । मुख्यतया हाम्रो देशमा संक्रमित कुकुरको टोकाइबाट स्वस्थ मानिस रेविजबाट संक्रमित हुन पुग्छ । चमेरो, फ्याउरो, छुचुन्द्रो आदि जनावरहरुको टोकाईबाट पनि रेविज लाग्न सक्छ ।

लक्षणहरु:

संक्रमित जनावरले टोक्नु

ज्वरो आउनु

टाउको दुख्नु

मांशपेशी दुख्नु

निन्द्रा नलाग्नु

होस गुमाउनु

निल्न गाह्रो हुने,

पानी पिउन दिदा डराउने वा पिउन नखोज्ने

मानसिक समस्याहरु जस्तै  ः चाडै रिसाउने, टोलाइरहने, बेहोस हुने, अरुले बोलेको जस्तो सुन्ने अन्त्यमा मृत्यु हुने।

जाँच:

संक्रमित जनावरले टोक्नु र माथिको लक्षणहरु देखिनुले रेविज लागेको पुस्टि हुन्छ । थप रगत जाँच र वायोप्सी पनि गर्न सकिन्छ ।

उपचार :

घाउको प्राथमिक उपचार : जनावरले टोकेको ठाँउमा साबुन पानीले करिव ५ मिनट राम्रोसंग धुने । घाउ ठूलो छ, छाला उप्केको छ वा घाउ टाउकोको नजिकै छ भने तुरुन्त अस्पताल जाने । अन्य अवस्थामा पनि अस्पताल गएर रेविजबाट बच्नको निम्ती खोप लगाउदा सुरक्षित भइन्छ । 
बच्ने तरिका :

घरपालुवा कुकुर तथा अन्य जनावरहरुलाई रेविज विरुद्दको खोप लगाउने घरपालुवा जनावरलाई खुला बाटोमा हिड्ने जनावरहरुसंग सम्पर्कमा नल्याउने फार्ममा काम गर्ने वा जनावरहरुसंग नजिक भइरहनेहरुले खोप लगाउने रेविजबाट संभावित संक्रमित जनावरहरुले टोकेमा खोप लगाउने 

 

Last modified on 2018-05-17 09:50:13


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts