नर्सको दरबन्दी थप गर्ने तयारीमा सरकार



Download our app to get more features

काठमाडौं, ३ जेठ । सरकारले स्वास्थ्य संस्थाहरूमा नर्सको दरबन्दी थप्ने तयारी गरेको छ । जनशक्ति अभावका कारण गुणस्तरीय सेवा नपाएको सेवाग्राहीबाट गुनासो आएपछि सरकारले दरबन्दी थप्ने तयारी गरेको हो । बिरामीलाई गुणस्तरीय सेवा प्रदान गर्नका लागि नर्सहरूको दरबन्दी थप गर्न लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा अहिले ६८ हजार ४ सय ९० जना नर्सिङ जनशक्ति आवश्यकता छ । सो जनशक्तिलाई सदुपयोग गर्नका लागि पनि सरकारले स्वास्थ्य संस्थाहरूमा दरबन्दी थप गर्ने तयारी गरेको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको नर्सिङ शाखा प्रशासनिक प्रमुख रोशनी टुईटुईले गुणस्तरीय स्वास्थ्य सेवा दिनका लागि स्थानीय तहसम्म नर्सहरूले सेवा दिन सक्ने वातावरण बनाउने र बेरोजगारलाई रोजगारीको सुनिश्चितताका लागि दरबन्दी थप्ने तयारी भइरहेको बताइन् । उनले भनिन्, ‘स्थानीय तह, प्रदेश र संघको सहकार्यमा नर्सहरूलाई स्वास्थ्य संस्थामा नियुक्त गर्ने र जनसंख्याको अनुपातमा सेवा प्रवाह गर्ने वातावरण निर्माण गरिदैछ ।’

नेपालको अधिकांश सरकारी अस्पतालमा नर्सहरूको दरबन्दी रिक्त रहेको र सो रिक्त दरबन्दी पुर्ती गर्नुका साथै जनसंख्याको आधारमा दरबन्दी थप्ने तयारी भइरहेको उनको भनाई छ ।
हाम्रो डक्टरसँग उनले भनिन्, ‘जनशक्ति अभावमा सेवाग्राहीले राम्रो स्वास्थ्य सेवा पाइरहेका छैनन् । एक जना नर्सको भागमा ५० जना बिरामी पर्छन । यस्तो अवस्थामा नर्सले गुणस्तरीय सेवा दिन पनि सक्दैन । त्यसका लागि अब सरकारले नर्सिङ जनशक्तिलाई सदुपयोग गर्ने भएको छ ।’

दुई सय शय्याको अस्पतालमा २८ नर्स
उनले २ सय शय्याको अस्पतालमा २८ जनाको दरबन्दीमा ९ जनाले मात्रै काम गर्नु दुखद् भएको बताइन । सरकारले अब त्यस्ता समस्यालाई समाधान गर्न संघ र प्रदेश स्तरमा दरबन्दी चाडै थप गर्ने उनले बताइन् ।
स्थानीय तह अन्तर्गत स्वास्थ्य केन्द्रमा आवश्यकता अनुसार दरबन्दी थप गर्न सक्ने, प्रदेश र संघमा कुन स्तरको अस्पताल हो त्यसको आधारमा दरबन्दी थप गर्न सक्ने व्यवस्था रहेको पनि उनले जानकारी दिइन् ।
 

Last modified on 2018-05-18 10:19:14


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts