क्षयरोगीका लागि एचआईभी परीक्षण अनिवार्य



Download our app to get more features

 काठमाडौं,४ जेठ । जुम्लामा गर्भवती र क्षयरोगका बिरामीलाई एचआइभी जाँच अनिवार्य गरिएको छ ।

एचआईभी  संक्रमित गर्भवती महिलाको बच्चालाई एचआईभी संक्रमणबाट बचाउन अनिवार्य एचआइभी परीक्षण गर्न थालिएको हो ।

क्षयरोगीहरुमा पनि  एचआइभी हुन सक्ने भएकाले उनिहरुलाई पनि सुरक्षित राख्न एच.आइ.भी परीक्षण सुरु गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय जुम्लाले जनाएको छ ।  

जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान सहित ४१ वटा स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य चौकीहरुले  गर्भवती आमा र क्षयरोगीमा एचआइभी परिक्षण गर्न सुरु गरेका हुन् ।

 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts