यसकारण बग्छ महिलामा सेतो पानी

(भिडियोसहित) 



Download our app to get more features

धेरै महिलामा योनीबाट सेतो गनाउने पानी बग्ने समस्याले निकै अप्ठयारो पारिरहेको हुन्छ । यस्तो समस्याले महिलामा शारीरिक मात्र नभई मानसिक र सामाजिक असर समेत पारिरहेको हुन्छ । यस्तो समस्या बारे महिलाले खुलेर कुरा नगर्ने हुँदा विकराल रुप लिइरहेको बताउँछन् सिंहदरबार वैद्यखानाका वैद्य आदित्य ठाकुर । उनी यस्तो समस्याको उपचारमा आयुर्वेदिक पद्धति राम्रो हुने सुझाब पनि दिन्छन् । जानौं वैद्य ठाकुरले दिएका केही सुझाब :—
योनीबाट पानी जस्तो सेतो पदार्थ बग्नुलाई स्वयत्त प्रर्दर भनिन्छ । यस्तो समस्याबाट धेरै महिला पीडित भइरहेका छन् । यो समस्या केही वर्ष अघिसम्म पाको उमेरका महिलामा मात्रै देखा पर्छ भन्ने मान्यता थियो । तर, पछिल्लो समय स-साना बालिकामा समेत यो समस्या हुने गरेको छ । 

सेतो पानी बग्ने मुख्य कारण
हर्मोनको गडबडी कारण योनीबाट सेतो पानी बग्छ । महिलाको शरीरमा रहेको स्टोर्जन हर्मोन केही कारणले बढी भयो भने पाठेघरको मुखको ग्रन्थी र योनीद्धारको बाह्य सतहमा असर गरि योनीस्रावको बाहाव बढाउँछ । जसले सेतो पानी बग्ने थाल्छ । 
साथै सेतो पानी सबैमा एकै परिमाणमा एकै समयमा बग्छ भन्ने हँुदैन । महिलाको शारीरक अवस्थाले परक पर्छ । कोही कोहीमा थोरै मात्र बग्छ भने कोहीमा धेरै बग्ने गर्छ । कोहीमा गनाउने, पीप मिसिए जस्तो वा रगत मिसिए जस्तो पनि हुन्छ । सामान्यतया महिनावारी हुनु अगाडी, यौन सम्पर्कका बेला, महिनावारीको मध्यभाग तिर र जानेन्द्रियमा रगतको बहाव बढ्नाले सेतो पानी बढी बग्ने गर्छ । 
यी बाहेक यौन रोग, प्रजनन् अंगको संक्रमण, पाठेघरमा समस्या लगायतका कारणले पनि सेतो पानी बग्ने गर्छ । साथै जंग फुडको धेरै सेवन, अस्वस्थ खानपान, विलासी जीवनशैलीका कारण पनि सेतो पानी बग्ने समस्या हुन्छ । 

आयुर्वेदिक उपचार पद्धति 
सेतो पानी बग्ने समस्याको उपचारका लागि केही वर्षयता आयुर्वेदिक उपचारमा महिलाहरूको रुची बढिरहेको छ । यस्तो समस्या समाधानका लागि आयुर्वेदका धेरै औषधि छन् । बिरामीको अवस्था हेरेर कुन औषधि आवश्यक छ सो औषधि दिइन्छ । यो उपचार पद्धतिबाट उपचारमा केही समय लागे पनि यसको कुनै साइड इफेक्ट हुँदैन । 
यस्ता समस्या भएका बिरामीले चिकित्सकले भने बमोजिम नियमित औषधि सेवन गर्ने, जंग फुडको प्रयोग नगर्ने, स्वस्थ खानापान गर्नुपर्छ । साथै यस्तो समस्या भए रोग लुकाउनु हुँदैन । समस्या देखा पर्नासाथ उपचार गराए पूर्ण निको हुन्छ । रोग लुकाएर उपचारमा ढिला गरे जटिल अवस्था पनि आउन सक्छ । 
 

भिडियो हेर्नुहोस्:

Last modified on 2019-02-20 07:08:14


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts