५ घण्टा ईमर्जेन्सीमा बस्नुपर्ने बिरामी १ सय २० घण्टा सम्म



Download our app to get more features

काठमाडौं, ६ जेठ । उदयपुरकी ४१ वर्षीया सिता राई गतहप्ता अचानक बेहोस भईन । सामान्य आर्थिक अवस्थाले गर्दा उनको परिवारको पहिलो रोजाई वीर अस्पताल बन्न पुग्यो । तत्काल उनलाई परिवारका सदस्यले वीर अस्पतालको आकस्मीक कक्षमा लगे । तर, कर्मचारीहरुले वेड अभाव भएको भन्दै भर्ना लिन मानेनन् । अस्पतालले भर्ना लिन नमाने पछि उनलाई परिवारका सदस्यले बाध्य भएर एक निजी अस्पतालमा लिएर गए । 

यस्तै, भोजपुरका ५१ वर्षीय कमल श्रेष्ठ दुई हप्ता अघि ज्वरोले सिकिस्त भएपछि शिक्षण अस्पताल महाराजगञ्ज पुगे । बेलुकाको ८ बजेको थियो । उक्त अस्पतालमा पनि खाली वेड नभएको भन्दै ईमर्जेन्सीमा कार्यरत कर्मचारीले भर्ना लिन अस्वीकार गरे । एम्बुलेन्सबाट झर्नै नपाई निजी अस्पतालमा लैजानु पर्यो उनका छोरा राजु श्रेष्ठले रुदै भने । 

यी र यस्ता घटना प्रतिनिधि मुलक मात्रै हुन । सरकारी अस्पतालको आकस्मीक कक्षमा वेड अभाव भएकै कारण प्रत्येक दिन ठुलो संख्यामा गरिब तथा दुखि बिरामीहरु निजी अस्पतालमा जान बाध्य छन् । प्रत्येक नागरिकले स्वास्थ्य र शिक्षाको सहज अनुभूति पाउँने कुरा संविधानमा उल्लेख भएपनि गरिक तथा दुखि भएकै कारण बिरामीहरुले सरकारी स्वास्थ्य सस्थामा सेवा पाउँन कठिन भएको छ । आफुहरु गरिब भएका र निजीमा उपचार गराउन नसक्ने बताउदा बताउदै अस्पतालका कर्मचारीहरुले वेडको अभाव देखाउदै भर्ना लिएनन श्रेष्ठले भने । चिकित्सकहरुका अनुसार अस्पताल व्यवस्थापनको कमजोरीका कारण सरकारी स्वास्थ्य सस्थामा बिरामीहरुले आकस्मीक उपचार कक्षमा वेड नपाउने गरेका हुन । 

पाँच घण्टा ईमर्जेन्सीमा बस्नु पर्ने बिरामी ५ दिन सम्म
वीर अस्पतालका ईमर्जेन्सी विभाग प्रमुख डा.भोलाराम श्रेष्ठका अनुसार बेवारीसे बिरामीका कारणले गर्दा वेडको अभाव भएको बताउँछन् । सरकारी अस्पतालले बिरामी भर्ना लिन नमानेर निजीमा पठाएको हैन । उनले भने, ‘सरकारीका आफ्नै व्यापक समस्याहरु रहेको छन् । सडकबाट उठाएर वेवारीसे बिरामी इमर्जेन्सीमा भर्ना गराएर प्रहरीले छाड्छ । उनिहरुलाई बुझ्ने कोही आउँदैनन् । जसले गर्दा वेडको चरम अभाव देखिएको हो ।’ वीर अस्पतालमा २१ वटा ईमर्जेन्सी वेड रहेको उनले बताए । वेड संख्या कम हैन तर, विरामीको व्यवस्थापन समस्या हो । जुन अस्पतालले चाहेर मात्रै हुने विषय हैन । नियम कानुन भन्दा बाहिर गएर बिरामी भर्ना गर्ने र छाड्ने कुरा हैन । विश्वव्यापी मान्यता अनुसार बिरामी भएर अस्पताल गएको ६ घण्टा भन्दा बढी ईमर्जेन्सीमा बस्न पाईदैन तर, नेपालका सरकारी अस्पतालमा १ सय २० घण्टा अर्थात ५ दिन सम्म पनि ईमर्जेन्सी वेडमै राखिन्छ । 

यसकारण वेड अभाव 
♦ बेवारीसे बिरामीहरु अस्पताल भर्ना हुने कोहि बिरामीको अभिभावक आवश्यक पर्ने र त्यस्ता बिरामीको अभिभावक नहुने हुदा इमर्जेन्सी सेवामै रहिरहने हुन्छ । जसले गर्दा अस्पतालमा भएका सिमित शय्या लामो समय सम्म एक जना बिरामी बाटै उपयोग भइरहन्छ । 
♦ बिरामीको स्वास्थ्य सेवा पाउने अधिकार संरक्षण गर्न गुणस्तरीय स्वास्थ्य सेवा प्रभाव गर्न आकस्मिक सेवाका पुर्वाधारहरु वीर अस्पतालको भौतिक संरचनामा थप स्थानको आवश्यक रहेको र २४ सै घण्टा सामान्य बिरामीको लागि जनरल ओपिडिको व्यवस्था र उपचारका लागि आवश्यक निदानात्मक सेवाहरु प्रभावह गर्नुपर्ने ।
♦ रेड एरिया, एल्लो एरिया र ग्रिन एरिया छुट्याई सेवा सुरु गरेको खण्डमा सबै बिरामीहरुले इमर्जेन्सीमा वेड पाइने भन्ने आधार रहने छैन । 

Last modified on 2018-05-21 14:19:12


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts