टेस्ट्यूव बेबीबाट जन्मेका बच्चाहरुको अन्तर्राष्ट्रिय सम्मेलन हुने



Download our app to get more features

काठमाडौं, ६ जेठ । ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरले एक हजार टेस्ट्यूव बेबी जन्माएको उपलक्ष्यमा टेस्ट्यूव बेबीहरुको सम्मेलन गर्ने भएको छ ।

निःसन्तान भएर बसेका आम मानिसहरुले टेस्ट्युव वेवीबाट सन्तान सुख प्राप्त गरेको खुशियालीमा हस्पिटलले आउदो जुलाई १० मा टेस्ट्यूव बेबीबाट जन्मेका बच्चाहरुको अन्तर्राष्ट्रिय सम्मेलन गर्ने जनाएको छ । 

विश्वमा टेस्ट्युव बेबीको सुरुवात भएको करिब ३२ वर्ष पछि नेपालमा पनि यसको सुरुवात भएको थियो । नेपालले टेस्ट्यूव बेबी सुरु गरेको १६ वर्ष पुरा भएको अवसरमा हस्पिटलले सम्मेलनको आयोजना गर्ने हस्पिटलका प्रमुख डा.भोला रिजालले बताए । 

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा भारतका टेस्ट्युव बेबी विज्ञ डा. जतिन शाहले आइयुआइ सम्बन्धी अन्तर्राष्ट्रिय स्तरमा भए गरेका कामहरुका बारेमा जानकारी गराएका थिए । 

त्यस्तै ओम अस्पतालको टेस्ट्यूव बेबी क्षेत्रमा विगत १६ वर्ष देखि काम गर्दै आएकी डा. सविना श्रेष्ठले वैदेशिक रोजगारीमा गएका युवाहरुका श्रीमतीको स्वास्थ्यमा पर्न गएको समस्याका विषयमा कार्यपत्र प्रस्तुत गरेकी थिइन् । 
गरिब, विपन्न वर्गहरु जो आर्थिक अभावका कारण यस्ता प्रविधि अपनाउन चाहदैनन्,  तर, सन्ताको चाहना छ, उनिहरु समक्ष कसरी टेस्ट्ेयुववेवी सेवा सहुलियत रुपमा पुर्याउन सकिन्छ भन्ने जानकारी उनको कार्यपत्रमा समावेश गरिएको थियो । 

ओम हस्पिटलका डा. भोला रिजालले टेस्ट्यूव बेबी सेवा लिनेहरु गरिब, विपन्न वर्गका भन्दा पनि उपल्लो वर्गका बढी भएको बताएका थिए । रिजालले कार्यपत्र प्रस्तुत गर्दै अब आर्थिक अभाव कमजोर भएका गरिब विपन्न परिवारमा समेत सेवा पुर्याउने लक्ष्य रहेको बताए । 

Last modified on 2018-05-21 14:19:23


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts