तपाईँलाई थाहा छ ? कलेजो बिग्रने खास कारण



Download our app to get more features

खाएको खानामा पचाएर शरीरमा पोषण दिन कलेकाजेले भूमिका खेल्छ ।

हाम्रो आन्द्राभित्र हुने सम्पूर्ण पाचनक्रिया मिलाउने काम कलेजोले नै गर्छ । कलेजो बिग्रियो भने कब्जियत तथा अपचको समस्या निम्तिन्छ ।

शरीरमा जन्डिस देखिनु, हातगोडा सुन्निनु,, बान्ता हुनु, कस्वभाविक तौल घट्दै जानुजस्ता लक्षण कलेजो बिग्ग्रिएको संकेत हो । कलेजो बिग्रिएसँगै पाचनक्रियामा गडबडी हुँदा डकार आउने, पेट फुल्ने÷ढुस्स हुने,ग्यास बन्ने समस्या देखि थाल्छ । कहिलेकाहीँ भने लक्षण् नै नदेखिन पनि सक्छ । रक्त परीक्षण गरेर मात्रै कलेजोको अवस्था बुझ्न सकिन्छ ।

आखिर कलेजो बिग्रिने खास कारणचाहिँ के होला ? कलेजोरोग विशेषज्ञ प्रा.डा.अनिल मिश्र भन्छन् :

१. पौष्टिक खानाको अभाव कलेजो बिग्रिने एउटा प्रमुख कारणभित्रै पर्छ । पौष्टिक खानाको अभावमा कुपोषण लागेका व्यक्तिको कलेजो बिग्रने सम्भावना बढी हुन्छ । भोकमरीको चपेटमा पर्ने तथा खानपानमा सन्तुलन नमिल्ने हाम्रोजस्तो देशमा यो खतरा बढी रहन्छ ।

२. रगतमा आइरनको मात्रा बढी भयो भने कलेजोमा असर गर्ने सम्भावना अधिक रहन्छ । आइरनको उत्पादन ह्वातै बढ्नुलाई हेमोक्रोमाटोसिस भनिन्छ । यो अवस्थामा कलेजो बिग्रिने गर्छ । हुन त शरीरलाई अत्यावश्यक हेमोग्लोबिन निर्माण गर्न आइरन चाहिन्छ, तर यसको धेरै उत्पादनले भने कलेजोमा हानि पुर्याउँछ । त्यसैले बेला–बेलामा रगतमा आइरनको मात्रा जाँच गराउनुपर्छ । 

३. बिरामी हुँदा औषधि सेवन गर्नुपर्छ । तर, कतिपय व्यक्तिले ओभरडोज औषधि सेवन गर्ने गरेको पाइन्छ । तर, यो काम घातक हुन सक्छ । विशेषगरी, दुखाइ र ज्वरो कम गर्ने औषधि ओभरडोज भयो भने सीधै कलेजोमा असर गर्छ ।

४. अत्यधिक रक्सी सेवनले पनि कलेजो नष्ट हुने प्रमुख कारण हुन सक्छ । नेपालमा अत्यधिक रक्सी पिएर कलेजो बिग्रिने सम्भावना ८० प्रतिशत छ । ठीक मात्रामा सेवन गरे अल्कोहलले औषधिको काम पनि गर्छ । तर, अत्यधिक सेवनले नोक्सानी निम्त्याउँछ ।

५. सुईमार्फत शरीरमा लागुपदार्थ लिने व्यक्तिलाई हेपाटाइटिस बी र सी संक्रमणको सम्भावना अत्यधिक हुन्छ । यतिखेर व्यक्तिको कलेजो खराब हुन्छ । लागुऔषध दुव्र्यसनबाट टाढै रहने या राख्ने गर्नुपर्छ ।


 

Last modified on 2018-05-21 10:40:09


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts