एम्बुलेन्स दुर्घटनामा १ जनाको मृत्यु , गर्भवती सहित ४ घाइते ,चालक फरार



Download our app to get more features

जेठ ७, सल्यान । सल्यानमा आज एम्बुलेन्स दुर्घटना हुँदा एक महिलाको ज्यान गएको छ ।

जिल्लाको बागचौर नगरपालिका वडा न २ चिल्ढालेबाट प्राथमिक स्वास्थ्य चौकी थारमारे जाँदै गरेको रा १ झ १३७ न एम्बुलेन्स दुर्घटना हुँदा बागचौर नगरपालिका वडा न २ चिल्ढाले निवासी ४४ वर्षिया जानकी बुढाथोकीको ज्यान गएको हो । 
गएराति साढे १ बजे चिल्ढालेबाट गर्भवतीलाई लिएर स्वास्थ्यचौकी जाँदै गर्दा बागचौर नगरपालिका वडा न २ ठाँटीचौर आग्रीखोलामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ । 

दुर्घटनामा परी अन्य चार जना घाइते भएका छन् । घाइते हुनेमा गर्भवती१९ वर्षिया कल्पना चलाउने, ४६ वर्षिय केवल बुढाथोकी, ३५ वर्षिया डम्बरी बुढाथोकी र ४० वर्षिय राम बहादुर बुढाथोकी रहेका छन् । गर्भवती चलाउनेको स्वास्थ्य अवस्था राम्रो रहेको प्राथमिक स्वास्थ्य केन्द्र थारमारेले जानकारी दिएको छ । एम्बुलेन्स चालक फरार रहेको र उनको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ । 
 

Last modified on 2018-05-21 20:29:32


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts