वीपी प्रतिष्ठानमा सेवाग्राहीलाई हैरानी, आपत्कालीन जाँचको रिपोर्ट हप्तौंपछि



Download our app to get more features

इटहरी, ७ जेठ ।  वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको व्यवस्थापन पक्षको कमजोरीका कारण सेवाग्राहीले यतिखेर निकै समस्या र सास्ती ब्यहोर्नु परिरहेको छ । पैसा खर्च गरेर पनि समयमा ल्याब रिपोर्ट प्राप्त गर्नसक्ने अवस्था नरहेको सेवाग्राहीका अधिक गुनाँसो बढिरहेको पाइएको छ । 

विगत केही हप्तादेखि प्रतिष्ठानमा मिर्गौलासम्बन्धी जाँच गर्ने उपकरणमा आएको खराबीका कारणले सेवाग्राहीले आपत्कालीन जाँचको रिपोर्ट प्राप्त गर्न हप्तौँ कुर्नु परिरहेको छ भने सबै किसिमको ल्याब रिपोर्ट प्राप्त गर्न पनि प्रविधि प्रणालीमा आएको खराबीले धेरै हैरानी ब्यहोर्नु परेको सेवाग्राहीले गुनाँसो गरिरहेका छन् । 

दैनिक दुई हजारभन्दा बढी नयाँ सेवाग्राही अस्पतालमा स्वास्थ्य जाँचका लागि प्रतिष्ठान पुग्ने र सामान्य रगत जाँचदेखि मिर्गौलासम्बन्धी जाँचको रिपोर्ट लिन हप्तौँ कुर्नुपर्ने बाध्यात्मक अवस्थाले सेवाग्राही अधिक मर्कामा परिरहेको आफूहरुले पनि टुलुटुलु हेरिरहनु परेको सूचना अधिकृत सुजेन्द्र तामाङले स्वीका रगरे। उनले व्यवस्थापकीय कमजोरीले गर्दा त्यस्तो बेथिति मौलाएको हो भने ।  

टाढा टाढाबाट उपचार सेवा लिन आएका सेवाग्राहीले हप्तौ धाउनु पर्ने बाध्यात्मक अवस्थाले प्रतिष्ठानको चिकित्सकीय सेवाप्रति यो पछिल्लो व्यवस्थापन ज्यादै उदासिन देखिएको पाइएकोमा आम सेवाग्राहीले हैरानी ब्यहोर्नु परेको छ । रासस

Last modified on 2018-05-21 13:07:32


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts