ढिस्कोले पुरिएकी ६ वर्षीया सुनिताको उपचारमा समस्या



Download our app to get more features

रुपन्देही, ७ जेठ । अर्घाखाँची सिधराकी ६ वर्षीया सुनिता खाम्चाको उपचारमा समस्या भएको छ । जंगलमा खेल्दै गर्दा २२ वैशाखमा ढिस्कोमा पुरिएर घाइते भएकी सुनिताको लुम्बिनी अञ्चल अस्पतालमा उपचार भइरहेको छ । छातीमा गम्भीर चोट लागेको उनको अवस्था चिन्ताजनक रहेको अस्पताल स्रोतले जनाएको छ । 

उपचारका लागि रकम अभाव भएका कारण उनको उपचारमा समस्या भएको बाबु कर्णबहादुर खाम्चाले बताए । खाम्चाका अनुसार सुनिताको करङ्ग भाँचिएको र फोक्सोमा रगत जमेको छ । अस्पतालका डा. भुवन पौडेलले थप उपचार गर्न काठमाडांै लैजान भनेको बाबु खाम्चाले बताए । तर, आर्थिक अभावका कारण लैजान नसकेको उनले बताए । 

अस्पतालमा सुनिताको उपचार निःशुल्क भएपनि थप उपचारका लागि काठमाडांै जान समस्या परेको उनका बुबा खाम्चाको भनाई छ । 
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts