के हो 'निपाह' भाइरस ? जसले भारतमा १२ घण्टामा लियो ११ जनाको ज्यान



Download our app to get more features

बीबीसी,८ जेठ । भारतमा नयाँ  भाइरस 'निपाह'ले जनजीवन प्रभावित गर्नुका साथै केही मानिसको ज्यान समेत लिएको बीबीसीले जनाएको छ ।

बितेको २ हप्तामा केरलस्थित तटीय शहर कोझिकोडमा एक परिवारका तीन जनाको मृत्यु भएको हो । भारतीय सञ्चारमाध्यमका अनुसार स्वास्थ्यमन्त्री केके शायलजाले आइतबार बताएअनुसार उक्त भाइरसका बारेमा सबै जानकारी प्राप्त भएको छैन् । उनले भने–मृतकलाइ लागेको रोगबारे कुन भाइरस हो यो रहस्य नै रहेपनि लक्षणका आधारमा यो निपाहा भाइरस हुन सक्ने अनुमान गरिएको छ । मृतकको रगत तथा अन्य नमूनाहरु परीक्षणका लागि नेशनल वायरोलोजी इस्सिच्टुटमा पठाइएको छ ।

मृतकले के खाएका थिए ?
छिमेकी स्वास्थ्य अधिकारीले ती तीनजनाले एक फल खाएको आफूहरुले सुनेको बताएका छन् । यो घटनापछि केन्द्रीय स्वास्थ्यमन्त्री जेपी नड्डाले नेशनल सेन्टर फर डीजीज कन्ट्रोलका निर्देशकलाई प्रभावित जिल्लामा गई राज्य सरकारलाई सहयोग गर्न निर्देशन दिएका छन् । 

इण्डियन एक्सप्रेसलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ तीन जनाको मृत्यु भएको १२ घण्टाभित्रमा कोझिडोर तथा मलप्पुरममा पनि उस्तै लक्षणका साथ अन्य ८ जनाको मृत्यु भएको समाचार आएको छ । तर पनि यो भाइरस के हो ?र कसरी फैलन्छ? भन्ने बारेमा डाक्टरहरुले पत्ता लगाउन सकिरहेका छैनन् ।

कसरी फैलन्छ निपाहा भाइरस?
विश्व स्वास्थ्य संगठनका अनुसार निपाह भाइरस तीव्र गतिमा बढ्ने र फैलने भाइरस हो ,जसले जनावर तथा मानिसमा गम्भीर प्रकृतिको रोग जन्माइदिन्छ । निपाहा भाइरसका बारेमा सबैभन्दा पहिला सन १९९८मा मलेशियाको कम्पङग सुगाइमा पत्ता लागेको थियो । त्यति बेला नै यो भाइरसलाई निपाहा भाइरस भनेर नामाकरण गरिएको थियो र त्यहाँ सुँगुर यसको वाहक भएको भेटिएको थियो । त्यसपछि निपाहा भाइरसले जहाँ जहाँ आक्रमण गर्यो त्यो ठाउँमा कुन माध्यमबाट यो भाइरस आयो भन्ने नै पत्ता लागेन ।

सन २००४ मा बङगलादेशमा समेत केही मानिसहरु यो भाइरसको चपेटामा परेका थिए । ती मानिसहरुले खजुरको रुखबाट निस्केको एक प्रकारको तरल पदार्थ चाखेका थिए । चमेरोको माध्यबाट यो भाइरस खजुरको रुखसम्म सरेको बताइएको थियो ।

कुनै उपचार छैन् ?
यसको अलवा यो भाइरस एक मानिसबाट अर्को मानिसमा सर्न सक्न हालै भारतका केही अस्पतालहरुले पुष्टि गरेका छन् । मानिसमा यो भाइरसले आक्रमण गरेपछि श्वास प्रश्वास क्रिया सम्बन्धी गम्भीर रोग लाग्नुका साथै प्राणघातक इन्सेफ्लाइटिस समेत हुने गर्दछ । मानिस तथा जनवारमा यो रोग लाग्नबाट बचाउनका लागि अहिले सम्म कुनै पनि इन्जेक्सन वा औष्धि बनिसकेको छैन् । सेन्टर फर डीजीज कन्ट्रोल एण्ड प्रिभेन्सनका अनुसार यो भाइरसको आक्रमणले विशेषगरी मस्तिष्कमा क्षती पुर्याउने गर्दछ ।यो भाइरसले आक्रमण गरेको ५ देखि १४ दिनसम्म निकै उच्च मात्रामा ज्वरो आउने तथा टाउको दुख्ने गर्दछ ।

रोगका लक्षणहरु
संक्रमणको शुरुवाती चरणमा व्यक्तिलाई श्वास फेर्न असजिलो हुने गर्दछ । संक्रमणपछि ५० प्रतिशत बिरामीहरुमा नशासम्बन्धी समस्या पनि देखा पर्दछ । तेजरुपमा आएको ज्वरो लगायतका लक्षण देखिएको २४ देखि ४८ घण्टासम्ममा मानिस कोमामा पुगिहाल्ने गर्दछ । सामान्यतया यो भाइरस संक्रमणमा परेको चमेरो, सुँगुर तथा मानिसबाट एक अर्कामा सर्ने गर्दछ । मलेसिया तथा सिङगापुरमा यो भाइरस सुँगुरबाट फैलिएको थियो भने भारत तथा बङगलादेशमा मानिस मानिसबीचमै यो रोग फैलिएको बताइएको छ । 

Last modified on 2018-05-23 14:21:50


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts